काठमाडौं । प्राइम कमर्शियल बैंकको स्वतन्त्र संचालकमा प्राडा. तारादेवी चित्रकार नियुक्त भएकी छिन् । बैंकको बिहीबार बसेको सञ्चालक समितिको ४५५ औं बैठकले चित्रकारलाई स्वतन्त्र सञ्चालक पदमा नियुक्ति गर्ने निर्णय गरेको हो ।
व्यवस्थापन विषय अन्तर्गत उत्पादनमूलक प्रतिष्ठानको सन्दर्भमा नेपालमा निजीकरणको समीक्षा विषयमा विद्यावारिधि गरेकी चित्रकार पब्लिक युथ क्याम्पसमा लामो समयदेखि व्यवस्थापन संकायमा रही बैंक तथा वित्तीय क्षेत्र, स्टक बजार, लेखा, विषयमा प्राध्यापन गरीरहेकी छिन् ।
उनी नेपाल विद्याभूषण ‘क’ बाट पनि विभूषित भइसकेकी छिन् ।