सुरु भयो विराट एक्स्पो, नि:शुल्क सटल बस सेवा संचालन

<p>काठमाडौं । विराटनगरमा मंसिर २९ गतेबाट ‘विराट एक्स्पो’ सुरु भएको छ ।  साे मेलाको राष्ट्रपति विद्या देवी भण्डारीले उद्घाटन गरिन् ।  विराट एक्स्पोमा सटल बस सेवाका साथै स्थानीय विभिन्न खानाका परिकारको मज्जा लिन सकिने छ । विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा मंसिर २९ गतेदेखि पुस ६ गतेसम्म सञ्चालन हुने विराट एक्स्पोमा आउनेहरूलाई लक्षित गरी सटल बस [&hellip;]</p>

काठमाडौं । विराटनगरमा मंसिर २९ गतेबाट ‘विराट एक्स्पो’ सुरु भएको छ ।  साे मेलाको राष्ट्रपति विद्या देवी भण्डारीले उद्घाटन गरिन् ।  विराट एक्स्पोमा सटल बस सेवाका साथै स्थानीय विभिन्न खानाका परिकारको मज्जा लिन सकिने छ ।

विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा मंसिर २९ गतेदेखि पुस ६ गतेसम्म सञ्चालन हुने विराट एक्स्पोमा आउनेहरूलाई लक्षित गरी सटल बस (निःशुल्क)सेवा सञ्चालनमा ल्याइने भएको छ ।

एक्स्पो अवलोकन गर्न आउनेहरूलाई लक्षित गरी सातै दिन अर्थात् एक्स्पोको समयसम्म सटल बसले सेवा दिने आयोजक समितिले जनाएको छ ।

विराटनगर महानगरपालिकाका विभिन्न १४ स्थानबाट निःशुल्क सटल बस सेवा सञ्चालनमा ल्याइने भएको हो । निःशुल्क सटल बस सेवा सञ्चालनले एक्स्पोमा अवलोकनकर्तालाई आकर्षित गर्ने आयोजकले विश्वास लिएको जनाएको छ ।

एक्स्पोमा सहभागी हुन देशका विभिन्न स्थान र छिमेकी देशको जिल्लाबाट आउने आगन्तुकलाई लक्षित गरी विराटनगरका होटलहरूले समेत छुटको व्यवस्था गर्ने भएका छन् ।

आयोजक समितिले होटल एशोसिएसन नेपाल प्रदेश १ सँग सहकार्य गरी विराटनगरका साना तथा ठूला सबै होटलमा विशेष छुट र एक्स्पो अवधिभर डिस्काउण्ट सहितको विराट एक्स्पो २०७९ को छुट्टै मेन्यू राख्ने व्यवस्था गरेको छ ।

खाद्य अनुसन्धान अधिकृत विमला पोखरेलले स्थानीय खानाका परिकारलाई व्यवसायीकरकण गर्ने उद्देश्यले मन्त्रालयको सहयोगमा खानाका विभिन्न स्टलहरू राखिएको बताएकी छन् ।

उनले स्थानीय खानाका परिकारहरूलाई परिस्कृत रुपमा मेलामा राखिने हुनाले नयाँ स्वादका कारण उपभोक्ता आकर्षित हुने बताएकी हुन् । पोखरेलले मन्त्रालयले स्टल भाडामा लिएर किसानहरूलाई स्थानीय स्तरका परिकारहरूको प्रवद्र्धनका लागि उपलब्ध गराएको जानकारी दिइन् ।

एक्स्पोमा विभिन्न स्वदेशी तथा विदेशी उत्पादनसहितका ३६१ वटा स्टल रहनेछन् । स्थानीय तथा राष्ट्रिय कलाकारहरूको साङ्गितिक प्रस्तुतिका साथै फेशन शो र विराट एक्स्पो सिङ्गिङ आइडल प्रतियोगितालाई मनोरञ्जनको मुख्य आकर्षण बनाइएको एक्स्पोका संयोजक दुलालले जानकारी दिए।

नेपालका साथै भारत, बङ्गलादेश र पाकिस्तानलगायत विभिन्न मुलुकका उत्पादन प्रदर्शनीमा रहने उनले बताए । एक्स्पोमा दुई लाख उपभोक्ताले अवलोकन गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

Share News