काठमाडौं । नाडाको लुम्बिनी प्रदेश अन्तर्गत रहेको संस्थागत सदस्य लुम्बिनी अटोमोवाइल्स एशोसिएशन नेपालले पनि बुटवलको बसपार्कमा शान्तिपूर्ण विरोध कार्यक्रमको गरेको छ । नाडाले घोषणा गरेको देशव्यापी आन्दोलन अन्तर्गत एशोसिएशनले पनि प्लेकार्ड सहित विरोध प्रदर्शन गरेको हो ।
एशोसिएशनका अध्यक्ष गणेश भट्टराईले सरकारले कार, जीप र भ्यान जस्ता नीजि प्रयोजनका सवारी साधनहरुको आयात खुला गरे पनि बैंकहरुको उच्च ब्याजदरका कारण सवारी साधनहरुको बिक्री वितरण हुने वातावरण बन्न नसकेको बताए । उनले यसकाे साथै व्यापार गर्नु अझै थुप्रै जटिलताहरु रहेको बताए ।
यस अघि उक्त एशोसिएशनका पदाधिकारीहरुले नेपाल राष्ट्र बैंक भैरहवामा ज्ञापनपत्र समेत बुझाएका थिए ।