समृद्धि फाइनान्सका ग्राहकलाई ई-साइकल किन्दा १५ हजारसम्म छुट

<p>काठमाडौं । समृद्धि फाइनान्स र ए टु जेड अनलाइन बजारबीच ग्राहकलाई छुट दिने सम्झौता भएको छ । यो सम्झौता पश्चात समृद्धि फाइनान्सका ग्राहकले ए टु जेड अनलाइन बजारबाट लेक्ट्रो ब्रान्डको इ–साइकल खरीद गर्दा सबै मोडेलमा फ्लाट १५ हजारसम्म छुट पाउनेछन् । उक्त सम्झौता पत्रमा समृद्धि फाइनान्सका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत गोकर्ण दुवाडी र ए [&hellip;]</p>

काठमाडौं । समृद्धि फाइनान्स र ए टु जेड अनलाइन बजारबीच ग्राहकलाई छुट दिने सम्झौता भएको छ । यो सम्झौता पश्चात समृद्धि फाइनान्सका ग्राहकले ए टु जेड अनलाइन बजारबाट लेक्ट्रो ब्रान्डको इ–साइकल खरीद गर्दा सबै मोडेलमा फ्लाट १५ हजारसम्म छुट पाउनेछन् ।

उक्त सम्झौता पत्रमा समृद्धि फाइनान्सका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत गोकर्ण दुवाडी र ए टु जेड अनलाइन बजारका प्रमुख कार्यकारी अधिकृत विकाश भण्डारीले हस्ताक्षर गरेका छन् ।

समृद्धि फाइनान्सका ग्राहकले डेबिट कार्ड, मोबाइल बैंकिंङ, र क्युआर कोर्ड मार्फत लेक्ट्रो ब्रान्डको इ–साइकल खरीद गर्दा सबै मोडेलमा फ्लाट १५ हजार छुट हुने यस संस्थाका व्यवसाय प्रवद्र्धन अधिकृत सुरज कुमार सर्राफले बताए ।

Share News