काठमाडौं । शिवम् सिमेन्टले बेस्ट म्यानेजड कम्पनी अफ द इयर २०२२ अवार्ड प्राप्त गरेको छ । सोमबार काठमाडौंमा न्यू बिजनेश एजले आयोजना गरेको सातौं न्यू बिज बिजनेस कन्क्लेभ एण्ड अवार्ड अन्तर्गत कम्पनीले उक्त अवार्ड प्राप्त गरेको हो ।
नेपालको केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले जर्मन प्रविधी युक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी क्लिंकर र ४३ तथा ५३ ग्रेडको सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।
शिवम् सिमेन्ट सिमेन्ट उद्याेगमा पहिलो पटक एन.एस क्वालिटी अवार्ड–२०१९ प्रथमबाट सम्मानित भएकाे थियाे ।