भ्याली एक्सप्रेसको सातौं चेन पुल्चोकमा

<p>काठमाडौं । भ्याली ग्रुपको भगिनी संस्था भ्याली एक्सप्रेसले सातौं आउटलेट खोलेको छ । भ्याली एक्सप्रेसले बुधबार पुल्चोकमा सातौं आउटलेट खोलेको हो । सुपथ मुल्यमा गुणस्तरिय मासुजन्य व्यापारको उदेश्यले २०४१ मा स्थापित भ्याली ग्रुप ३१ वर्षपछि फाष्टफुडको व्यापारमा प्रवेश गर्दै पहिलो आउटलेट चितवनमा खोलेको थियो । प्रारम्भमा मासुजन्य व्यापारको उदेश्यले स्थापना भएको प्रालिले ३७ वर्षको दौरानमा मासु प्रशोधनसँगै [&hellip;]</p>

काठमाडौं । भ्याली ग्रुपको भगिनी संस्था भ्याली एक्सप्रेसले सातौं आउटलेट खोलेको छ । भ्याली एक्सप्रेसले बुधबार पुल्चोकमा सातौं आउटलेट खोलेको हो ।

सुपथ मुल्यमा गुणस्तरिय मासुजन्य व्यापारको उदेश्यले २०४१ मा स्थापित भ्याली ग्रुप ३१ वर्षपछि फाष्टफुडको व्यापारमा प्रवेश गर्दै पहिलो आउटलेट चितवनमा खोलेको थियो ।

प्रारम्भमा मासुजन्य व्यापारको उदेश्यले स्थापना भएको प्रालिले ३७ वर्षको दौरानमा मासु प्रशोधनसँगै आधुनिक दाना उद्योग र आधुनिक ह्याचरी उद्योग समेत गरी पोल्ट्री व्यवसायलाई एकिकृत रुपमा सञ्चालन गर्दै फाष्टफुड चेन रेष्टुरेन्टको क्षेत्रमा ६ वर्ष अघि प्रवेश गरेको थियो ।

चितवनमा परिक्षणका रुपमा ७ वर्ष अगाडि शुरु भएको भ्याली एम्सप्रेसले बालाजुमा दोस्रो शाखा खोली उपत्यकामा व्यवसाय विस्तार गरेको हाे ।

भ्याली एक्सप्रेसका निर्देशक बाबुराजा रावलले अन्तराष्ट्रिय चेन रेष्टुरेन्टले उपयोग गरिरहेका प्रविधिको प्रयोग गरी ग्रिल्ड चिकेन, चिकेन बर्गर, फ्राइड चिकेन, ससेज मिल, चिकेन पपकर्न लगायतका परिकार उपभोक्तालाई दिने लक्ष्य राखेको बताए ।

‘नेपालमा उत्पादन बढाई रोजगारको अवसर निर्माण गर्ने र सुपथ मुल्यमा स्वस्थकर मासुजन्य सामाग्रि उत्पादन गर्ने हाम्रो लक्ष्य हो,’ उनले भने ।

भ्याली ग्रुपमा अहिले मासुजन्य व्यापारसँग सम्बन्धित मुलुकका विभिन्न स्थानमा कोल्ड स्टोर, फिड ईण्डष्ट्रीहरु, ह्याचरी उद्योगहरु, आधुनिक वधशाला र फाष्ट फुड चेनहरु सञ्चालनमा छन् ।

Share News