चुनाव भएको २३ दिनपछि निर्वाचन आयोगले गर्यो अन्तिम परिणाम सार्वजनिक

<p>काठमाडौं । निर्वाचन आयोगले तीन सातापछि मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम बुधबार सार्वजनिक गरेको छ । प्रत्यक्ष र समानुपातिक निर्वाचनतर्फको परिणाम आयोगले २३ दिनपछि सार्वजनिक गरेको हो । आयोगले प्रतिनिधिसभा तर्फ १६५ प्रत्यक्ष र समानुपातिकतर्फ ११० सिट तथा प्रदेशसभा तर्फ ३३० र २२० सिटको परिणाम सार्वजनिक गरेको हो । प्रमुख निर्वाचन आयुक्त दिनेश थपिलयाका [&hellip;]</p>

काठमाडौं । निर्वाचन आयोगले तीन सातापछि मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम बुधबार सार्वजनिक गरेको छ । प्रत्यक्ष र समानुपातिक निर्वाचनतर्फको परिणाम आयोगले २३ दिनपछि सार्वजनिक गरेको हो ।

आयोगले प्रतिनिधिसभा तर्फ १६५ प्रत्यक्ष र समानुपातिकतर्फ ११० सिट तथा प्रदेशसभा तर्फ ३३० र २२० सिटको परिणाम सार्वजनिक गरेको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपिलयाका अुनसार आयोगले बिहीबार राष्ट्रपतिलाई प्रतिवदेन बुझाउने छ । र पुस २ गते आयोग पदाधिकारीले सातै प्रदेशमा प्रदेश प्रमुखलाई प्रतिवेदन बुझाउनेछन् ।

प्रतिवेदन राष्ट्रपति र प्रदेश प्रमुखसमक्ष बुझाएपछि राजपत्रमा प्रकाशित हुनेछ ।

Share News