विरगञ्जमा सेन्ट्रल फाईनान्सको शाखा विस्तार

<p>काठमाडौं । सेन्ट्रल फाईनान्सले पर्साको विरगञ्जमा बुधबारबाट विरगञ्ज शाखा सञ्चालनमा ल्याएको छ । संस्थाको १७ औं शाखाको रुपमा उक्त शाखा सञ्चालनमा आएको हो । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत पत्र प्राप्त वित्तीय संस्थाको रुपमा विगत २५ वर्षदेखि गुणस्तरीय बैंकिङ्ग सेवा दिंदै आएको छ । संस्थाले सेन्ट्रल स्मार्ट मोबाइल बैंकिङ्ग एप, एटीएम डेबिट कार्ड, चेक [&hellip;]</p>

काठमाडौं । सेन्ट्रल फाईनान्सले पर्साको विरगञ्जमा बुधबारबाट विरगञ्ज शाखा सञ्चालनमा ल्याएको छ । संस्थाको १७ औं शाखाको रुपमा उक्त शाखा सञ्चालनमा आएको हो ।

नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत पत्र प्राप्त वित्तीय संस्थाको रुपमा विगत २५ वर्षदेखि गुणस्तरीय बैंकिङ्ग सेवा दिंदै आएको छ ।

संस्थाले सेन्ट्रल स्मार्ट मोबाइल बैंकिङ्ग एप, एटीएम डेबिट कार्ड, चेक क्लियरिङ्ग, आईपीएस, कनेक्ट आईपीएस, कर्पोरेट पे, आरटिजियस, मरचेन्ट क्युआर पेमेन्ट, क्युआर टेलर, रेमिट्यान्स सेवा, सी–आास्वा जस्ता आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

संस्थाले आधुनिक प्रविधिको उच्चतम प्रयोग गरी थप डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्दै लैजाने लक्ष्य लिएको छ । ग्राहकहरुको बैंक खाता, वालेट, क्यूआर जस्ता विद्युतीय रकमान्तर तथा भुक्तानीका माध्यममा सहज पहुंचको व्यवस्था पनि मिलाएको संस्थाले विभिन्न शाखा कार्यालयहरुमा एटीएम सेवा पनि सञ्चालन गरिरहेको छ ।

चुक्ता पूंजी ९४ करोड ८८ लाख ७५ हजार रुपैयाँ रहेको संस्थाको हाल निक्षेप ६ अर्व ११ करोड रुपैयाँ र कर्जा ५ अर्व २० करोड रुपैयाँ रहेको छ ।

Share News