
काठमाडौं । सरकारले निजी क्षेत्रलाई आर्थिक साझेदारका रुपमा लिएको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । आर्थिक पत्रकार संघ(नाफिज) को कार्यक्रममा बोल्दै अर्थमत्री शर्माले सो कुरा बताएका हुन् ।
‘निजी क्षेत्रलाई सरकारले आफ्नो अभिन्न अंगका रुपमा लिएको छ, उनले भने, ‘निजी क्षेत्रलाई सरकारले आर्थिक विकासको साझेदारका रुपमा लिएको छ ।’ प्राकृतिक विपत्तिको सामना गर्दै सकारात्मक रुपले अर्थतन्त्र अगाडि बढीरहेको बताउँदै अर्थमन्त्री शर्माले अब अर्थतन्त्रलाई गुणात्मक रुपमा बढाउनुपर्ने बताए ।
कार्यक्रममा बोल्दै उनले उत्पादन मुखी अर्थतन्त्रलाई जोड दिनुपर्ने बताए । ‘आयात भइरहेको छ, उत्पादन भइरहेको छैन, कार्यान्वयन क्षमता आजको आवश्यकता हो, उत्पादनमुखी अर्थतन्त्रलाई जोड दिनुपर्छ’, अर्थमन्त्री शर्माले भने । उनले पर्यटन, सूचना र जलविद्युतको क्षेत्रलाई बढावा दिँदै अगाडि बढनुपर्ने बताए ।