
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक क्षेत्रमा देखिएको समस्या नेपालमा मात्रै नभएर विश्वभरी नै भएको बताएका छन् । बुधबार आर्थिक पत्रकार संघ(नाफिज)को कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले बजार र निजी क्षेत्र समस्यामा रहेको बताएका हुन् ।
‘बजार निजी क्षेत्र प्रताडित छ, यो नेपालमा मात्र होइन विश्वभरको समस्या हो’, गर्भनर अधिकारीले बताए । अन्तरबैंक स्प्रडेदर घटिरहेको र तरलतामा केही सहजता हुने उनले बताए । रिफाइनान्समा ७०/८० मा आउने र त्यसले पनि बैंकहरुलाई केही असहज हुने उनले बताए ।
पछिल्लो समयमा रेमिट्यान्स आप्रवाह बढेको गर्भनर अधिकारीले बताए । वित्तीय क्षेत्रमा विकृति भएको त्यसले थप समस्या बढाउन सक्ने बताउँदै उनले राष्ट्र बैंकले आफ्नो काम गरिरहेको बताए ।