नेपालको अर्थतन्त्र बढेन भने प्रत्येक नेपालीको आम्दानी घट्छ – वरिष्ठ उपाध्यक्ष ढकाल

<p>काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले नेपालको अर्थतन्त्र बढेन भने आम्दानी घट्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ(नाफिज) को १३ औं वार्षिक साधारण सभा एवं छैटौं महासभामा बोल्दै उपाध्यक्ष ढकालले अर्थतन्त्र बढ्न नसक्दा आम नेपालीको आम्दानी घट्न सक्ने बताएका हुन् । अबको समयमा आर्थिक मुद्दा नै देशको मुख्य मुद्दा बन्ने [&hellip;]</p>

काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले नेपालको अर्थतन्त्र बढेन भने आम्दानी घट्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ(नाफिज) को १३ औं वार्षिक साधारण सभा एवं छैटौं महासभामा बोल्दै उपाध्यक्ष ढकालले अर्थतन्त्र बढ्न नसक्दा आम नेपालीको आम्दानी घट्न सक्ने बताएका हुन् ।

अबको समयमा आर्थिक मुद्दा नै देशको मुख्य मुद्दा बन्ने अवस्था रहेको उनले बताएका छन् । काम गर्ने सिलसिलामा सरकारी मन्त्रालयहरुबीचमा आवश्यक समन्वय हुन नसकेको उनले बताएका छन् । साथै उपाध्यक्ष ढकालले नेपालमा धेरै अवसर हुँदा पनि काम गर्न नसकिएको बताए । ‘हामीसँग धेरै अवसर हुँदा पनि काम गर्न सकेका छैनौं’, उनले भने । कोभिड महामारीपछि निजी क्षेत्रले भोगेको पिडाको विषयमा उनले राज्यको ध्यानआकर्षण पुग्न नसकेको बताएका थिए ।

Share News