निर्वाचन आयोगले अन्तिम नतिजा घोषणा गर्दै

<p>काठमाडौं । निर्वाचन आयोगले आज अन्तिम नतिजा घोषणा गर्ने भएको छ । गत मंसिर ४ गते भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको बुधबार अन्तिम नतिजा घोषणा गर्ने निर्वाचन आयोगले जनाएको हो । निर्वाचन आयोगका अनुसार बुधबार दिउसो साढे १ बजे पत्रकार सम्मेलन गरेर अन्तिम नतिजा घोषणा गर्न लागिएको हो । निर्वाचनको सबै प्रक्रिया सकिएसँगै आयोगले अन्तिम [&hellip;]</p>

काठमाडौं । निर्वाचन आयोगले आज अन्तिम नतिजा घोषणा गर्ने भएको छ । गत मंसिर ४ गते भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको बुधबार अन्तिम नतिजा घोषणा गर्ने निर्वाचन आयोगले जनाएको हो । निर्वाचन आयोगका अनुसार बुधबार दिउसो साढे १ बजे पत्रकार सम्मेलन गरेर अन्तिम नतिजा घोषणा गर्न लागिएको हो ।

निर्वाचनको सबै प्रक्रिया सकिएसँगै आयोगले अन्तिम नतिजा घोषणा गर्न लागेको जनाएको छ । यसअघि नै प्रत्यक्षतर्फको अन्तिम नतिजा आइसकेकामा दलहरूले समानुपातिकको सूची पनि आयोगमा बुझाइसकेका छन् ।

आयोगले बिहीबार राष्ट्रपतिसमक्ष सम्पूर्ण निर्वाचन परिणाम प्रस्तुत गर्ने बताएको छ । राष्ट्रपतिलाई अन्तिम परिणाम बुझाएसँगै सरकार गठन र संसदीय प्रक्रिया अघि बढ्नेछ ।

Share News