मध्यमवर्गको पहुँच भएको सस्तो अस्पताल हो ओम – डा.जोशी

<p>काठमाडौं । नेपालमा निजी क्षेत्रबाट सञ्चालित अस्पतालमध्ये अन्यको तुलनामा सस्तो उपचार शुल्क लाग्ने अस्पतालको रुपमा अभ्यास भएको अस्पतालको दाबी रहेको छ । अस्पतालका मेडिकल डाइरेक्टर डा.हरिस जोशीले सो अस्पताल मध्यम वर्ग र उच्च मध्यम वर्गको लागि लक्षित गरेर सञ्चालन गरिएकोले सोही अनुसार शुल्क निर्धारण गरिएको बताए । ‘यो मध्यम वर्ग र उच्च मध्यम वर्गका लागि [&hellip;]</p>

काठमाडौं । नेपालमा निजी क्षेत्रबाट सञ्चालित अस्पतालमध्ये अन्यको तुलनामा सस्तो उपचार शुल्क लाग्ने अस्पतालको रुपमा अभ्यास भएको अस्पतालको दाबी रहेको छ । अस्पतालका मेडिकल डाइरेक्टर डा.हरिस जोशीले सो अस्पताल मध्यम वर्ग र उच्च मध्यम वर्गको लागि लक्षित गरेर सञ्चालन गरिएकोले सोही अनुसार शुल्क निर्धारण गरिएको बताए । ‘यो मध्यम वर्ग र उच्च मध्यम वर्गका लागि लक्षित गरेर सञ्चालन गरिएको अस्पताल हो, सोही अनुसार समय सापेक्ष रुपमा यसलाई सञ्चालन गर्ने कोशिष गरेका छौं’, उनले भने ।

अस्पतालले ओपीडीमा दर्ता देखि लिएर आइसियु सम्मको उपचारमा न्युनतम शुल्क लिने गरेको अस्पतालका बिजनेस डेभलपमेन्ट अफिसर बिनोद अधिकारीले बताए । उनका अनुसार अस्पतालले ओपीडीमा उपचार गर्न आउने बिमारीसँग दर्ता शुल्क बापत जम्मा ६ सय रुपैयाँ लिने गरेको छ, जुन अन्य निजी अस्पतालको तुलनामा निकै सस्तो हो ।सरकारले निजी क्षेत्रसँग पनि साझेदारी गरेको डाइलासिस र जोखिमयुक्त क्यान्सर रोगको सहुलियतपूर्ण उपचार अस्पतालले प्रदान गर्ने गरेको छ ।

राज्यले स्वास्थ्य क्षेत्रमा पर्याप्त लगानी गर्न नसकिरहेको अवस्थामा डाक्टरहरुको समूहले सञ्चालन प्रारम्भ गरेको अस्पताल हो ओम हस्पिटल एण्ड रिसर्च सेन्टर । पछिल्लो समयमा कुल अस्पतालको संख्यामा निजी क्षेत्रका अस्पतालको संख्या र क्षमता सरकारीको तुलनामा बढ्दै गएको देखिन्छ ।

अस्पतालमा अहिले पनि दैनिक रुपमा ५ सय देखि ७ सय सम्म बिमारीहरु उपचारको लागि आउने गर्छन् । अस्पतालले दैनिक रुपमा १२ जना सम्म विमारीको सल्यक्रिया गर्ने गर्छ । प्राविधिक रुपमा एमआरआई, सिटीस्क्यान, डेस्क स्क्यान र ल्याब लगायतका सेवाहरुमा उच्च स्तरको प्रविधिको प्रयोग गर्दै आएको अस्पतालका विजनेस डेभलपमेन्ट अफिसर बिनोद अधिकारी बताउँछन् । उनका अनुसार केही अति विशिष्ट सेवा बाहेक अस्पताल प्रवेश गरेपछि बिमारी अनुसन्धानको लागि बाहिर जानुपर्दैन ।

त्यस्तै, अस्पतालले इमर्जेन्सी रेस्क्यु र उपचार पनि उपलब्ध गराउँदै आएको र त्यसको लागि अलर्ट अवस्थामा चिकित्सकको समूह समेत रहने गरेको अधिकारीको भनाइ छ ।

अस्पतालले आफूलाई आइभिएफ सेन्टरको अग्रज संस्थाको रुपमा दाबी गर्ने गर्छ । साथै अस्पतालले स्त्रीरोग, हेमोडाइलोसिस, क्यान्सर, गहन उपचार र गम्भिर प्रकृतिका सर्जरीको विषयमा रिफरल सेन्टरको रुपमा विकास भएको बताउने गरेको छ । बिमारीहरुको आवश्यकतालाई पूर्ण रुपमा सम्बोधन गरेर उपचार गर्ने गरेको अस्पतालले दाबी गरेको छ ।

‘यो अस्पताल स्त्रीरोग उपचारमा स्थापित अस्पताल हो, आधुनिक एनआइसियु सुविधा सहितका सेवालाई हामीले सञ्चालन गर्दै आएका छौं’, अस्पतालका मेडिकल डाइरेक्टर हरिस जोशीले भने । उनका अनुसार नेपालमा आइभिएफ प्रविधिको शुरुवात गर्ने पहिलो अस्पतालपनि ओम अस्पताल हो ।

Share News