कृषि समाग्री कम्पनीले ३ प्रदेशमा ८० हजार मेट्रिक टन रासायनिक मल पठाउँदै

<p>काठमाडौं । कृषि समाग्री कम्पनीले खरिद गरेको रासायनिक प्रदेश कार्यालयहरुमा पठाउने भएको छ । कृषि सामाग्री कम्पनीले ८० हजार मेट्रिक टन परिमाणको रासायनिक मल प्रादेशिक कार्यालयमा पठाउने भएको हो । कम्पनीले खरिद गरेको वा गरिने रासायनिक मल विराटनगर, वीरगन्ज र भैरहवा प्रादेशिक कार्यालयमा पठाउने भएको हो । कम्पनीको उक्त कार्यालयमा मल ढुवानी गर्न इच्छुकले सिलवन्दी [&hellip;]</p>

काठमाडौं । कृषि समाग्री कम्पनीले खरिद गरेको रासायनिक प्रदेश कार्यालयहरुमा पठाउने भएको छ । कृषि सामाग्री कम्पनीले ८० हजार मेट्रिक टन परिमाणको रासायनिक मल प्रादेशिक कार्यालयमा पठाउने भएको हो ।

कम्पनीले खरिद गरेको वा गरिने रासायनिक मल विराटनगर, वीरगन्ज र भैरहवा प्रादेशिक कार्यालयमा पठाउने भएको हो । कम्पनीको उक्त कार्यालयमा मल ढुवानी गर्न इच्छुकले सिलवन्दी बोलपत्र आह्वान गरेको छ ।

कम्पनीले प्रादेशिक कार्यालय विराटनगरका लागि १५ हजार मेट्रिक टन, प्रादेशिक कार्यालय वीरगन्जका लागि ३८ हजार ५ सय मेट्रिक टन र प्रादेशिक कार्यालय भैरहवाका लागि २६ हजार ५ सय मेट्रिक टन ढुवानी गर्ने भएको हो ।

बोलपत्र फारम दस्तुर ३ हजारदेखि ५ हजार रुपैयाँसम्म तोकिएको छ । पुस २८ गतेभित्र बोलपत्र पेश गर्नुपर्नेछ भने सोही दिन नै बोलपत्र खोलिने कम्पनीले जनाएको छ ।

Share News