वीरगञ्ज भन्सारले भन्सार छली, चोरी निकासी र पैठारी मालवस्तु बेच्दै

<p>काठमामाडौं । वीरगञ्ज भन्सार कार्यालयले विभिन्न मालवस्तुहरू सिलबन्दी बोलपत्रद्वारा लिलाम बिक्री गर्ने भएको छ । सुरक्षा निकायका विभिन्न कार्यालयको प्रतिवेदनले भन्सार छली चोरी निकासी र पैठारी अभियोगमा दाखिला भएका विभिन्न मालवस्तुहरू बिक्री गर्ने भएको हो । भन्सार छली, चोरी निकासी र पैठारी अभियोगमा दाखिला भएका विभिन्न मालवस्तुहरू भन्सार नियमावली, २०६४ को नियम ३५ (१) बमोजिम [&hellip;]</p>

काठमामाडौं । वीरगञ्ज भन्सार कार्यालयले विभिन्न मालवस्तुहरू सिलबन्दी बोलपत्रद्वारा लिलाम बिक्री गर्ने भएको छ । सुरक्षा निकायका विभिन्न कार्यालयको प्रतिवेदनले भन्सार छली चोरी निकासी र पैठारी अभियोगमा दाखिला भएका विभिन्न मालवस्तुहरू बिक्री गर्ने भएको हो ।

भन्सार छली, चोरी निकासी र पैठारी अभियोगमा दाखिला भएका विभिन्न मालवस्तुहरू भन्सार नियमावली, २०६४ को नियम ३५ (१) बमोजिम जे जस्तो अवस्थामा छन्, सोही अवस्थामा बिक्री गर्ने भन्सार कार्यालयले जनाएको छ । इच्छुक फर्म वा संघ र संस्थाले १५ दिनभित्र खरिद गर्न गोप्य सिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

विस्तृत विवरण कार्यालयलगायत वीरगञ्जस्थित जिल्ला प्रशासन कार्यालय, कोष तथा लेखा नियन्त्रकको कार्यालय, मालपोत कार्यालय, वीरगञ्ज महानगरपालिकाको कार्यालय र वीरगञ्ज उद्योग वाणिज्य संघको सूचनापाटीका साथै भन्सार विभाग र कार्यालयको वेभसाइटबाट पनि जानकारी लिन सकिनेछ ।

नियमानुसार बोलपत्र फाराम दस्तुर बुझाई उक्त समानहरु कार्यालयबाट खरिद गर्न सकिनेछ । आफूले कबोल गरेको रकमको १० प्रतिशत रकम एभरेष्ट बैंकमा जम्मा गरी बोलपत्र फाराम साथ पेश गर्नु पर्नेछ ।

Share News