राष्ट्रिय वाणिज्य बैंकले २२ सय थान ज्याकेट किन्दै

<p>काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ज्याकेट खरिद गर्ने भएको छ । बैंकका लागि २ हजार २ सय थान ज्याकेट आवश्यक परेको हुँदा सिलबन्दी दरभाउपत्रको माध्यमबाट खरिद गर्ने बैंकले जनाएको छ । बैंकका लागि आवश्यक ज्याकेट (वीनचिटर) सिलबन्दी दरभाउपत्रको माध्यमबाट खरिद गर्ने भएकाले आपूर्ति गर्न सक्ने इच्छुक फर्म तथा कम्पनी र अधिकृत बिक्रेताहरूले सिलबन्दी पेश गर्नु [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ज्याकेट खरिद गर्ने भएको छ । बैंकका लागि २ हजार २ सय थान ज्याकेट आवश्यक परेको हुँदा सिलबन्दी दरभाउपत्रको माध्यमबाट खरिद गर्ने बैंकले जनाएको छ ।

बैंकका लागि आवश्यक ज्याकेट (वीनचिटर) सिलबन्दी दरभाउपत्रको माध्यमबाट खरिद गर्ने भएकाले आपूर्ति गर्न सक्ने इच्छुक फर्म तथा कम्पनी र अधिकृत बिक्रेताहरूले सिलबन्दी पेश गर्नु पर्नेछ ।

बैंकलाई उक्त ज्याकेटहरु पुस १२ गते कार्यालय समयभित्र खरिद गरी पुस १३ गतेसम्ममा सिलबन्दी दरभाउपत्र दाखिला गर्न बैंकले आग्रह गरेको छ ।

Share News