घरको काम गर्दा मानिसको उमेर बढ्ने

<p>एजेन्सी । सबै मानिसलाई लामो समयसम्म जिउने इच्छा हुन्छ । यसको लागि नयाँ खोज तथा अनुसन्धान पनि भइरहेका छन् । अस्ट्रेलियाको सिड्नी युनिभर्सिटीले गरेको एक अनुसन्धानले लामो समय जिउनको लागि सजिलोसँग प्रयोगमा ल्याउन सकिने रोचक विषय पत्ता लगाएको छ । विश्वविद्यालयको अनुसन्धानअनुसार घरमा गरिने सानो-सानो जस्तैः घर सफा गर्न, खाना बनाउन, तरकारी काट्न, कुकुर डुलाउन, [&hellip;]</p>

एजेन्सी । सबै मानिसलाई लामो समयसम्म जिउने इच्छा हुन्छ । यसको लागि नयाँ खोज तथा अनुसन्धान पनि भइरहेका छन् । अस्ट्रेलियाको सिड्नी युनिभर्सिटीले गरेको एक अनुसन्धानले लामो समय जिउनको लागि सजिलोसँग प्रयोगमा ल्याउन सकिने रोचक विषय पत्ता लगाएको छ ।
विश्वविद्यालयको अनुसन्धानअनुसार घरमा गरिने सानो-सानो जस्तैः घर सफा गर्न, खाना बनाउन, तरकारी काट्न, कुकुर डुलाउन, आदि जस्ता कामहरु गर्दा लामो समय बाँच्न सकिन्छ । दैनिक गर्ने कामले क्यान्सर र उच्च रक्तचाप अथवा यस्तै मानिसको जीवन नै लिने प्रकारको जोखिमलाई कम गराउँछ ।

विश्वविद्यालयले ८७ हजार ५०० भन्दा बढी ब्रिटिस मानिसहरुमाथि गरेको अध्ययनले घरको सानो-सानो काम गर्दा मानिसको उमेर लामो हुने विषय पत्ता लागेको हो । विश्वविद्यालयका अनुसार स्वास्थ्यमा फाइदाको लागि गरीएको हो पहिलो अध्ययन हो ।

अध्ययनका प्रमुख सोधकर्ता प्रोफेसर इम्यानुअल स्टेमाटाकिसले गतिकासाथ दैनिक ११ मिनेट सम्म काम गर्दा उच्च रक्तचापबाट मर्नसक्ने खतरा ६५ प्रतिशत सम्म कम हुन्छ । त्यस्तै क्यान्सरबाट मर्ने जोखिम पनि ४५ प्रतिशत कम हुन्छ । अनुसन्धान संलग्न अर्का सोधकर्ता ह्यामरका अनुसार अनुसन्धान टिमले ६२ हजार खाली समयमा व्यायाम गर्ने मानिसहरुमाथि पनि अनुसन्धान गरेको थियो ।

अनुसन्धानमा औसत ६२ वर्ष उमेर समूहका २५ हजार मानिसहरुलाई सहभागी गराइएको थियो । अनुसन्धानमा सहभागी गराइएका मानिसहरुमध्ये ८९ प्रतिशतलाई दैनिक कार्य गर्न भनिएको थियो । अध्ययनअनुसार घरको काम नगर्ने मानिसहरुको तुलनामा काम गर्ने मानिसहरुमा रोग लाग्ने गति निकै कम देखिएको थियो । टाइम डटकम बाट । 

Share News