नेपालमा बिहे गर्न अयोग्य उमेरका १४ प्रतिशत महिला गर्भवती हुन्छन्

<p>काठमाडौं । नेपालको कानूनअनुसार बिहे गर्नको लागि केटा र केटीको उमेर २० वर्ष पूरा भएको हुनुपर्छ । तर, १४ प्रतिशत नेपाली महिलाहरुले भने १५ वर्षदेखि १९ वर्षसम्ममा नै गर्भधारण गर्ने गरेका छन् । स्वास्थ्य मन्त्रालयले गरेको ‘नेपाल डेमोग्राफिक एन्ड हेल्थ सर्वे, २०२२’ सर्वेक्षणले १५ देखि १९ वर्ष उमेर समूहका १४ प्रतिशत नेपाली महिलाहरु गर्भवती हुने [&hellip;]</p>

काठमाडौं । नेपालको कानूनअनुसार बिहे गर्नको लागि केटा र केटीको उमेर २० वर्ष पूरा भएको हुनुपर्छ । तर, १४ प्रतिशत नेपाली महिलाहरुले भने १५ वर्षदेखि १९ वर्षसम्ममा नै गर्भधारण गर्ने गरेका छन् ।

स्वास्थ्य मन्त्रालयले गरेको ‘नेपाल डेमोग्राफिक एन्ड हेल्थ सर्वे, २०२२’ सर्वेक्षणले १५ देखि १९ वर्ष उमेर समूहका १४ प्रतिशत नेपाली महिलाहरु गर्भवती हुने गरेको देखाएको छ । मन्त्रालयको सर्वेक्षणअनुसार त्यसरी गर्भवती भएका महिलाहरुमध्ये १० प्रतिशतले बच्चा जन्माएको, २ प्रतिशतको गर्भ पतन भएको र ४ प्रतिशत महिला अहिले पनि गर्भाअवस्थामा रहेका छन् ।

१९ वर्ष भन्दा कम उमेरमा गर्भवती हुने महिलाको धेरै संख्या कर्णाली प्रदेशमा रहेको छ । १९ वर्षभन्दा कम उमेरमा गर्भवती हुने कुल महिलाको संख्यामध्ये २१ प्रतिशत कर्णाली प्रदेशका रहेका छन् भने मधेस प्रदेशका २० प्रतिशत महिला रहेका छन् ।

सबैभन्दा कम बाग्मती प्रदेशका ८ प्रतिशत महिला १९ वर्ष भन्दा कम उमेरमा गर्भवती हुनेगरेको सरकारी तथ्यांकले देखाएको छ ।
सर्वेक्षणले देखाएअनुसार १५.५ प्रतिशत गर्भधारण गरेकामध्ये दलित र १५.५ प्रतिशत मुस्लिम महिलाले १९ वर्षभन्दा कम उमेरमा नै बच्चा जन्माउने गरेका छन् ।

Share News