निर्वाचन आचारसंहिता आजदेखि निष्कृय

<p>काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगबाट जारी निर्वाचन आचारसंहिता, २०७९ आजदेखि निष्कृय भएको छ । यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनका लागि जारी आचारसंहिता आजदेखि लागू नरहने निर्णय भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले आचारसंहिता लागू नरहेको निर्णयको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायमा गराएको छ [&hellip;]</p>

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगबाट जारी निर्वाचन आचारसंहिता, २०७९ आजदेखि निष्कृय भएको छ ।

यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनका लागि जारी आचारसंहिता आजदेखि लागू नरहने निर्णय भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले आचारसंहिता लागू नरहेको निर्णयको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायमा गराएको छ । निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को उपदफा २ बमोजिम गत असोज १२ देखि सो आचारसंहिता मुलुकभर लागू गरिएको थियो । रासस

Share News