काठमाडौं । देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा ३ घण्टादेखि विद्युत अवरुद्ध भएको छ । अर्थ मन्त्रालयका एक अधिकारीकाले सिंहदरबारभित्र ३ घण्टादेखि बत्ती नभएको जानकारी दिए ।
‘अफिस आएदेखि बत्ती छैन, मुख्य कामहरु जनेरेटरबाट भइरहेको छ, बाँकी काम ठप्प छ,’ उनले भने ।
नेपाल विद्युत प्राधिकरणले सिंहरदरबारमा बत्ति जानुको यकिन कारण पत्ता नलागेको बताएको छ । प्राधिकरणले यसको लागि प्राविधिक गएर काम गरिरहेको पनि बताएको छ ।