काठमाडौं । एम भी दुगड ग्रुप अन्तर्गतको दुगड ब्रदर्श एण्ड सन्सले शनिबार क्याच द रेनबो राइड सम्पन्न गरेको छ । कम्पनीले एप्रिलाको बालकुमारीस्थित शोरुमबाट पनौती स्थित मानेदोभान, पनौती ट्र्उट फिसिगमा गएर राइड सम्पन्न गरेको हो ।
दुगड ब्रदर्श एण्ड सन्सका उपाध्यक्ष विजय महतोले ग्राहकहरूलाई एउटै परिवारमा समेटेर राइडकोआयोजना गराएको उनले जानकारी दिएका छन् ।
क्याच द रेनबो राइडको मुख्य उदेश्य ब्रान्डलाई परिचीत गराउन पनि हो । हाम्रो देशको लोकल खाना, ठाँउ आदिलाई अन्वेषण गर्नु बताएका थिए ।
दुगड ब्रदर्श एण्ड सन्सले यस अगाडि पनि राइडहरु आयोजना गर्दै आएको थियो । दुगड ब्रदर्श एण्ड सन्स नेपालको लागि भेस्पा र एप्रीलिया स्कुटरको आधिकारी विक्रेता हो ।