अध्यादेशमार्फत् रेशम चौधरीलाई छुटाइने

<p>काठमाडौं । नेपाल सरकारले रेशम चौधरी लगायतका ब्यक्तिलाई छुटाउन सरकारले अध्यादेश ल्याएको छ । आजीवन कारावासको सजाय काटिरहेका रेशम चौधरी लगायत राजनीतिक कारणबाट जेलजीवन काटिरहेकाहरूलाई छुटाउन सरकारले अध्यादेश जारी गरेको हो । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश जारी गरेको एक मन्त्रीले जानकारी दिए । राजनीतिक कारणले थुनामा रहेका र शान्ति प्रक्रियामा आउन चाहने, आउने प्रतिबद्धता [&hellip;]</p>

काठमाडौं । नेपाल सरकारले रेशम चौधरी लगायतका ब्यक्तिलाई छुटाउन सरकारले अध्यादेश ल्याएको छ । आजीवन कारावासको सजाय काटिरहेका रेशम चौधरी लगायत राजनीतिक कारणबाट जेलजीवन काटिरहेकाहरूलाई छुटाउन सरकारले अध्यादेश जारी गरेको हो ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश जारी गरेको एक मन्त्रीले जानकारी दिए । राजनीतिक कारणले थुनामा रहेका र शान्ति प्रक्रियामा आउन चाहने, आउने प्रतिबद्धता गरेकाहरूको मुद्दा फिर्ता लिन पाउने गरी कानुन संशोधन गर्ने निर्णय भएको ती मन्त्रीले बताए ।

अध्यायदेश ल्याउँदा राजनीतिक मुद्दा लागेका र शान्ति प्रक्रियामा आएका तथा आउने क्रममा रहेकालाई सम्बोधन हुने उनको भनाइ छ । सरकारले अध्यायदेश ल्याएमा रेशम चौधरीसहित विप्लव समूहका जेलजीवन बिताइरहेका नेता कार्यकर्तालाई फाइदा पुग्नेछ ।

Share News