काठमाडौं । नागरिक विकास सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाले आफ्नो स्वामित्वमा रहेको गैह्र बैंकिङ्ग सम्पत्ति बिक्री गर्ने भएको छ । सहकारी संस्थाले काभ्रेका विभिन्न स्थानमा रहेको गैह्र बैंकिङ्ग सम्पत्ति अथवा जग्गा बिक्री गर्ने भएको हो ।
नागरिक विकास सेभिङ्ग एण्ड क्रेडिट सहकारी संस्थाको स्वामित्वमा रहेका जग्गाहरू जे जस्तो अवस्था र परिमाण मा छ, सोही अवस्था र परिमाणमा गोप्य शिलबन्दी बोलपत्र मार्फत बिक्री गरिने जनाएको छ । खरिद गर्ने ईच्छुक व्यक्ति तथा संस्थाहरूले कबुल गरेको रकमको १० प्रतिशत रकम धरौटी राखि गोप्य शिलबन्दी पत्र पेश गर्न आग्रह गरेको छ ।
७ दिन अर्थात् पुस २ गतेभित्र प्रधान कार्यालय बनेपा, काभ्रेपलाञ्चोकमा गोप्य शिलबन्दी बोलपत्र फारम रित पूर्वक भरि पेश गर्नुपर्नेछ । प्रप्त भएका बोलपत्रहरु पुस ३ गते खोलिने छ ।
सहकारी संस्थाले मालपोत कार्यालय धुलिखेलमा दर्ता भएका पाँचखाल नगरपालिका, धुलिखेल नगरपालिका र बनेपा नगरपालिकाका विभिन्न स्थानमा रहेका घरजग्गा बिक्री गर्ने भएको हो ।
सहकारीले पाँचखाल नगरपालिका ५, नक्सा सिट नं. १ खाँवा स्थित कित्ता नं. क्रमश २९४ ६५८, १०२९, १०३१, २९५ र ६५७ को क्षेत्रफल क्रमशः ८-१५-१-०-७५, ८-२-०-०, ३-१२-२१, ८-०-०-०, १-०-२-०,७५ र १८-०-२-१ को जग्गा तथा सो जग्गाले चर्चेको सम्पुर्ण लिगलगापात समेत बिक्री गर्नेछ ।
यस्तै, पाँचखाल नगरपालिका ८ मा रहेको कित्ता नं. १०२५ को क्षेत्रफल २-११-०-० को जग्गा, वडा नं. ७ हाक्सेबजार स्थित कित्ता नं. १६७६ र १६७७ को क्षेत्रफल क्रमशः ०-१४-०-० र ०-१५-१-३ को घरजग्गा बिक्री गर्नेछ ,
यस्तै, धुलिखेल नगरपालिका ८ नक्सा सिट नं. १ स्थित कित्ता नं. क्रमशः ७७२ र ९९८ को क्षेत्रफल क्रमशः २-०-०-० र १-९-०-३ को जग्गा र बनेपा नगरपालिका ६ श्रीखण्डपुर स्थित कित्ता नं. ४२६७ को क्षेत्रफल ०-२-२-० को जग्गा बिक्री गर्ने भएको हो ।