सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा स्थापना गर्दै राष्ट्र बैंक

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा स्थापना गर्ने गर्ने भएको छ । राष्ट्र बैंकले सूचना जारी सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निरीक्षण तथा सुपरिवेक्षण गर्न महाशाखा स्थापना गर्न जानकारी दिएको हो । राष्ट्र बैंकले महाशाखा माघ १ गतेबाट संचालन गर्ने जनाएको छ । &#8216;सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा स्थापना गर्ने गर्ने भएको छ ।

राष्ट्र बैंकले सूचना जारी सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निरीक्षण तथा सुपरिवेक्षण गर्न महाशाखा स्थापना गर्न जानकारी दिएको हो ।

राष्ट्र बैंकले महाशाखा माघ १ गतेबाट संचालन गर्ने जनाएको छ ।

‘सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निरीक्षण तथा सुपरिवेक्षण गर्न मिति २०७९/१०/१ देखि कार्यारम्भ गर्ने गरी यस बैंकभित्र अलग्गै विशिष्टिकृत सुपरिवेक्षकीय संरचनाको रुपमा सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा स्थापना गर्ने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ सूचनामा भनिएकाे छ ।

 

 

Share News