कोटेश्वरबाट सातदोबाटो जाने-आउने बाटो परिवर्तन, अब कुन रुट प्रयोग गर्ने ?

<p>काठमाडौं । मंसिर २३ गते शुक्रबारदेखि कोटेश्वरबाट सातदोबाटो जाने-आउने मुख्य बाटो परिवर्तन हुने भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ललितपुरको ग्वार्को चोकमा फ्लाइ अ&#x200d;ोभर विथ अप्रोच रोड निर्माण हुन लागेकाले शुक्रबार बिहान ६ बजेदेखि कोटेश्वरबाट सातदोबाटो तर्फ जाने आउने मुख्य बाटो परिवर्तन हुने जानकारी दिएको हो । शुक्रबार बिहान ६ बजेदेखि निर्माण कार्य सम्पन्न नभएसम्म उक्त स्थानमा वैकल्पिक [&hellip;]</p>

काठमाडौं । मंसिर २३ गते शुक्रबारदेखि कोटेश्वरबाट सातदोबाटो जाने-आउने मुख्य बाटो परिवर्तन हुने भएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ललितपुरको ग्वार्को चोकमा फ्लाइ अ‍ोभर विथ अप्रोच रोड निर्माण हुन लागेकाले शुक्रबार बिहान ६ बजेदेखि कोटेश्वरबाट सातदोबाटो तर्फ जाने आउने मुख्य बाटो परिवर्तन हुने जानकारी दिएको हो ।

शुक्रबार बिहान ६ बजेदेखि निर्माण कार्य सम्पन्न नभएसम्म उक्त स्थानमा वैकल्पिक बाटो प्रयोग गर्नुपर्ने कार्यालयले जनाएको छ ।

कार्यालयले कोटेश्वरबाट सातदोबाटो तर्फ जाने यात्रुवाहक, मालवाहक तथा दुई पाङ्ग्रे सवारी साधनहरुलाई बालकुमारी पुलबाट बल्खुसम्म सर्भिस लेनमा र निजि चार पाङ्ग्रे सवारी साधनहरुलाई फास्ट ट्र्याकबाट संञ्चालन गरिने बताएको छ ।

यस्तै, बल्खुबाट सातदोबाटो हुँदै कोटेश्वर तर्फ जाने यात्रुबाहक, मालबाहक तथा दुई पाङ्ग्रे सवारी साधनहरुलाई बल्खुबाट बालकुमारी पुलसम्म सर्भिस लेनमा र निजि चार पाङ्ग्रे सवारी साधनहरुलाई फास्ट ट्रयाकबाट संञ्चालन गरिने कार्यालयले जानकारी दिएको छ ।

कार्यालय सबै चालकहरुलाई तोकिएका बाटोबाट यात्रा गर्नु अनुरोध गरेको छ ।

सरकारी लगानीमा पहिलोपटक बन्न लागेको ग्वार्कोस्थित ‘फ्लाईओभर’ निर्माणका लागि अहिलेसम्म डिजाइको काम भइरहेकामा भौतिक कामका लागि आजदेखि सवारी साधनको व्यवस्थापन भोलीदेखि सुरु गरिँदै छ ।

जम्मा २० महिनामा सम्पन्न गर्ने गरी यो योजना निर्माणका लागि गत फागुनमा आरसी, समानान्तर र रेलिग्रे जेभीसँग सम्झौता भएको थियो । यसको बजेट १७ करोड ६८ लाखमा रहेको छ । विसं २०८० सम्ममा निर्माण सकेर ‘फ्लाईओभर’ सञ्चालनमा ल्याइने अपेक्षा गरिएको छ ।

Share News