काठमाडौं । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार सात सय रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार बिहीबार सुनको मूल्य ४ सय रुपैयाँले बढेर तोलाको ९९ हजार सात सय पुगेको हो । बुधबार सुन तोलाको ९९ हजार तिन सय रुपैयाँमा कारोबार भएको थियो ।
साथै, आज चाँदी तोलामा १० रुपैयाँले बृद्धि भई प्रति तोला १ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।