चक्रपथ विस्तारको कामलाई छिटो अगाडि बढाउन नेता पौडेलेको निर्देशन

<p>काठमाडौं । नेपाली काँग्रेसका नेता तथा काठमाडौं निर्वाचन क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले चक्रपथ विस्तारको कामलाई छिटो अगाडी बढाउन निर्देशन दिएका छन् । बुधबार एकान्तकुना ललितपुरस्थित काठमाडौं चक्रपथ सुधार योजनाको कार्यालयमा पुगेर नेता पौडेलले चक्रपथ बिस्तारको सम्बन्धमा भइरहेको कामको जानकारी लिएका हुन् । उनले चक्रपथ बिस्तारको काममा ढिलासुस्ती हुँदा आम नागरिकलाई [&hellip;]</p>

काठमाडौं । नेपाली काँग्रेसका नेता तथा काठमाडौं निर्वाचन क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले चक्रपथ विस्तारको कामलाई छिटो अगाडी बढाउन निर्देशन दिएका छन् ।

बुधबार एकान्तकुना ललितपुरस्थित काठमाडौं चक्रपथ सुधार योजनाको कार्यालयमा पुगेर नेता पौडेलले चक्रपथ बिस्तारको सम्बन्धमा भइरहेको कामको जानकारी लिएका हुन् । उनले चक्रपथ बिस्तारको काममा ढिलासुस्ती हुँदा आम नागरिकलाई समस्या परिरहेको भन्दै छिटोभन्दा छिटो बाँकी रहेका कामलाई अगाडी बढाउन निर्देशन दिएका हुन् । उनले विष्णुमति र सामाखुशी खोलामा वर्षातको समयमा पानी बढी भएर त्यस क्षेत्रमा डुबानको समस्या हुने गरेको भन्दै सडक बिस्तारको क्रममा ढल निकासको समस्यालाई पनि समाधान गर्नेगरी काम गर्न आग्रह गरे ।

उनले चक्रपथ बिस्तार गर्दा ढल निकासको समस्यालाई पनि समाधान हुनेगरी गर्नुपर्ने बताए । उनले भने, ‘रिङरोड वरिपरि पचास मिटरभित्र सामानहरु हटाउनु, सफा गर्न १५ दिने सूचना जारी गरेको छ यो कार्यालयले । तोकिएको समयभित्र उनीहरुले सफा गर्ने भनका छन् । विष्णुमति खोला, सामाखुशी खोला लगायत थुप्रै खोलाहरु वर्षातमा पानी बढेर बस्ती नै डुबानमा पर्ने स्थिति छ । ढल निकासको समस्यालाई रिङ रोड बिस्तारको क्रममा ध्यान दिएर समाधान गरियोस् भनेर हामीले कुरा गर्यौँ ।’

उनले स्थानीय समस्याहरुको समाधान गर्दै दोस्रो चरणको कलंकीदेखि वसुन्धरासम्मको सडक बिस्तारको काम र तेस्रो चरणको वसुन्धरादेखि चावहिलसम्मको कामलाई पनि तत्काल शुरु गर्न आग्रह गरे । उनले अर्थ मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय लगायतका सरोकारवाला निकायहरुसँग पनि आफूहरुले कुरा गर्ने भन्दै चक्रपथ बिस्तारलाई छिटो अगाडी बढाउने परिस्थिति निर्माण गर्न लागि पर्ने बताए ।

उनले भने, ‘कलंकीदेखि वसुन्धरासम्म रिङरोड विस्तारको दोस्रो चरण भनेर भनिएको छ । वसुन्धरादेखि चाबहिल धोबिखोलासम्मको तेस्रो चरण छ । त्यहाँ पनि विभिन्न खाले समस्याहरु छन् । त्यसैले त्यो तेस्रो चरणको कार्यक्रम पनि तत्काल शुरु गरियोस् भनेर अर्को कुरा राखेको । रिङ रोड बिस्तारको कामलाई छिटो, प्रभावकारी र समस्यारहित हुनेगरी अगाडी बढाइयोस् भन्नका लागि हामी यहाँ आएका हौँ ।’

नेता पौडेसँगको छलफलपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदैँ काठमाडौं चक्रपथ सुधार योजनाका प्रोजेक्ट म्यानेजर सजना अधिकारीले दोस्रो चरणको काम अन्तर्गत कलंकी वसुन्धरासम्मको सडक खण्डमा काम भइरहेको बताए । उनले उपभोक्ताहरुले ढल निर्माणको माग राखेकाे र स्थान अपुग भएका कारण ढल हाल्न नसक्ने समस्या परिरहेको भन्दै यस सम्बन्धमा स्थानीयसँग छलफल भइरहेको उल्लेख गरे ।

उनले आयोजना सम्पन्न गर्नका लागि आवश्यक अन्य कामहरु पनि भइरहेको उल्लेख गरे ।

Share News