कर्मचारी सञ्चय कोषको प्रशासकमा जितेन्द्र धिताल नियुक्त

<p>काठमाडाैं । कर्मचारी सञ्चय कोषको प्रशासकमा जितेन्द्र धिताल नियुक्त भएका छन् । मंसिर २० गते बसेको मन्त्रिपरिषद्को बैठकले धिताललाई कर्मचारी सञ्चय कोषको प्रशासकमा नियुक्त गर्ने निर्णय गरेको हो । धिताल हाल कोष मै निमित्त प्रशासकको जिम्मेवारीमा छन् । खुला प्रतिस्पर्धाबाट कोषको प्रशासक नियुक्त गर्न अर्थ मन्त्रालयले छनौट तह सिफारिस समिति बनाएको थियो । धिताल कोषको निमित्त प्रशासकमा २०७८ भदौमा नियुक्त भएका थिए । तत्कालीन [&hellip;]</p>

काठमाडाैं । कर्मचारी सञ्चय कोषको प्रशासकमा जितेन्द्र धिताल नियुक्त भएका छन् । मंसिर २० गते बसेको मन्त्रिपरिषद्को बैठकले धिताललाई कर्मचारी सञ्चय कोषको प्रशासकमा नियुक्त गर्ने निर्णय गरेको हो । धिताल हाल कोष मै निमित्त प्रशासकको जिम्मेवारीमा छन् ।

खुला प्रतिस्पर्धाबाट कोषको प्रशासक नियुक्त गर्न अर्थ मन्त्रालयले छनौट तह सिफारिस समिति बनाएको थियो । धिताल कोषको निमित्त प्रशासकमा २०७८ भदौमा नियुक्त भएका थिए । तत्कालीन प्रशासक तुलसी गौतमलाई सरकारले हटाएपछि धितालले निमित्तको जिम्मेबारी पाएका थिए । एक वर्षको अवधिमा उनी प्रशासकमा नियुक्त भएका हुन् ।

 

 

Share News