हेजिङ्ग सुविधा प्रदान गर्ने बैंकले १५ दिनभित्र कार्ययोजना पेस गर्नुपर्ने

<p>काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुलाई हेजिङ्ग सुविधा प्रदान गर्ने संस्थाले आफ्नो कार्ययोजना पेस गर्न अर्थमन्त्रालयले आग्रह गरेको छ । हेजिङ्ग सुविधा प्रदान गर्ने संस्थाले व्यावसायिक कार्ययोजना पेस गर्नुपर्ने भएकाले अर्थ मन्त्रालयमा कार्ययोजना पेस गर्न अर्थ मन्त्रालयले आग्रह गरेको हो । हेजिङ्ग नियमावली, २०७९ को नियम ६ मा हेजिङ्ग सुविधा प्रदान गर्ने संस्थाको रूपमा काम [&hellip;]</p>

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुलाई हेजिङ्ग सुविधा प्रदान गर्ने संस्थाले आफ्नो कार्ययोजना पेस गर्न अर्थमन्त्रालयले आग्रह गरेको छ । हेजिङ्ग सुविधा प्रदान गर्ने संस्थाले व्यावसायिक कार्ययोजना पेस गर्नुपर्ने भएकाले अर्थ मन्त्रालयमा कार्ययोजना पेस गर्न अर्थ मन्त्रालयले आग्रह गरेको हो ।

हेजिङ्ग नियमावली, २०७९ को नियम ६ मा हेजिङ्ग सुविधा प्रदान गर्ने संस्थाको रूपमा काम गर्न चाहने नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त नेपाल सरकारको पूर्ण वा आंशिक लगानी रहेको पूर्वाधार विकास बैंक वा वाणिज्य बैकले आफ्नो व्यावसायिक योजनासहित मन्त्रालयमा प्रस्ताव पेस गर्नुपर्ने व्यवस्था छ ।

साथै हेजिङ्ग सम्बन्धी व्यावसायिक योजना तथा सम्बन्धित प्रस्तावकको कार्यक्षमता समेतको आधारमा मूल्याङ्कन गरी मन्त्रालयले कुनै बैंकलाई हेजिङ्ग गर्ने संस्थाको रूपमा तोक्नेछ भन्ने व्यवस्था गरेको छ । सोही अनुसार हेजिङ्ग सुविधा प्रदान गर्न चाहने संस्थाले १५ दिनभित्र आफ्नो व्यावसायिक योजना अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा पेस गर्न आग्रह गरेको हो ।

नेपाल सरकारले गत भदौम विदेशी विनिमय ऐन २०१९ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी हेजिङ नियमावली २०७९ जारी गरेको थियो ।

सम्बन्धित समाचार सामाग्री :

हेजिङ कार्यविधि नबन्दा समस्यामा बैंक, विदेशी ऋणले जोखिमको त्रास

Share News