
काठमाडौं । सानिमा बैंकले १८ औं वार्षिकोत्सवको अवसरमा ग्राहकहरुका लागि मोबाइल बैंकिङ्ग योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत १८ जना जोडीले सौराहा भ्रमणको अवसर प्राप्त गर्नेछन् ।
यस योजनामा सहभागी हुन ग्राहकले मोबाइल बैंकिङ्गबाट ५ वटा विभिन्न कारोबारहरु गर्नुपर्ने छ जसमा २०० रुपैयाँ भन्दा बढि र कम्तिमा एउटा टपअप हुनुपर्नेछ ।
बैंकको अनुसार ग्राहकहरुले मोबाइल बैंकिङ्ग एप प्रयोग गरी टपअप, फन्ड ट्रान्सफर, लोड वालेट, क्युआर पेमेन्ट, युटिलिटि पेमेन्ट, आदि जस्ता कारोबारहरु गर्न सक्नेछन् । यो योजना मंसिर २१ देखि पुस ९ गतेसम्म १८ दिनका लागू हुने बैंकले जनाएको छ ।
बैंकको अनुसार योजना अवधि भर ग्राहकहरुले सानिमा मोबाइल बैंकिङ्ग मार्फत गरेका कारोबारहरुलाई समावेश गरिने छ ।
सानिमा बैंकको देशका सातै प्रदेशमा १३० वटा कार्यालय तथा १२३ वटा एटिएम संचालनमा रहेका छन् ।