रविविरुद्ध उजुरी हाल्नेले भने : मलाई मार्ने धम्की आयो, सुरक्षा चाहियो सरकार

<p>काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध निर्वाचन आयाेगमा उजुरी हाल्ने युवराज सफलले जिउ ज्यानकाे सुरक्षा चाहिएकाे बताएका छन् । समाजवादी केन्द्र नेपालका नेता बताउने उनले मंगलबार गृह मन्त्रालयमा चिठी लेख्दै सुरक्षा चाहिएकाे बताएका हुन् । उनले आवश्यकीय कामको लागि बाहिर निस्कन समेत सुरक्षा चुनौतिका कारण समस्या भएकाे बताउँदै मुद्धा फैसला नहुन्जेलसम्म सुरक्षा व्यवस्था गराई दिनु आग्रह गरेका छन् [&hellip;]</p>

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध निर्वाचन आयाेगमा उजुरी हाल्ने युवराज सफलले जिउ ज्यानकाे सुरक्षा चाहिएकाे बताएका छन् । समाजवादी केन्द्र नेपालका नेता बताउने उनले मंगलबार गृह मन्त्रालयमा चिठी लेख्दै सुरक्षा चाहिएकाे बताएका हुन् ।

उनले आवश्यकीय कामको लागि बाहिर निस्कन समेत सुरक्षा चुनौतिका कारण समस्या भएकाे बताउँदै मुद्धा फैसला नहुन्जेलसम्म सुरक्षा व्यवस्था गराई दिनु आग्रह गरेका छन् ।

‘रवि लामिछानेको नागरिकताको विषयमा निवेदन हालेदेखि नै ममाथि उच्चस्तरको सुरक्षा खतरा उत्पन्न भएको महसुस मैले गरेको छु, सामाजिक संजाल फेसबुक, मेसेन्जर लगायतबाट ज्यान मार्ने सम्मको धम्की आउने क्रममा बढेको छ, विशेषत रवि लामिछानेका समर्थक, शुभचिन्तकबाट मेरो जिउ ज्यान ,मान ,सम्मान र प्रतिष्ठामा सुरक्षा थ्रेट आएको छ, आवश्यकीय कामको लागि बाहिर निस्कन समेत सुरक्षा चुनौतिका कारण समस्या भएकोले सो मुद्धा किनारा नलाग्दासम्म मलाई सुरक्षा व्यवस्था गराई दिनु यो निवेदन पेश गरेको छु,’ चिठीमा लेखिएकाे छ ।

साेमबार वैद्य नेपाली नागरिकता नभएको व्यक्तिले राजनितिक दल सो दलको साधारण सदस्य हुन र अध्यक्ष र सभापति हुन नमिल्ने बताउँदै उनले लामिछानेको साधारण सदस्यता खारेजको माग गर्दै आयोगमा उजुरी दिएका थिए ।

यस्ताे छ चिठी :

श्रीमान् गृह सचिव ज्यु
गृह मन्त्रालय ,सिंहदरबार ।
बिषय – जिउ ज्यानको सुरक्षा गरी पाउँ ।

महोदय ,

उपरोक्त सम्बन्धमा यो जानकारी गराउन चाहन्छु कि – मिति २०७९।०८।०६ गतेका दिन रवि लामिछानेको नागरिकता विषयमा म निवेदक युवराज सफलले सो मन्त्रालयमा उजुरी दिएको र अहिले सो उजुरी उपर जिल्ला प्रशासन कार्यालय काठमाडौँ र जिल्ला प्रहरी परिसर काठमाडौँले तदारुकताका साथ कार्य गरिरहेको कुरा यहाँलाई अवगत नै छ । रवि लामिछानेको नागरिकताको विषयमा निवेदन हालेदेखि नै ममाथि उच्चस्तरको सुरक्षा खतरा उत्पन्न भएको महसुस मैले गरेको छु । सामाजिक संजाल फेसबुक ,मेसेन्जर लगायतबाट ज्यान मार्ने सम्मको धम्की आउने क्रममा बढेको छ । विशेषत रवि लामिछानेका समर्थक ,शुभचिन्तकबाट मेरो जिउ ज्यान ,मान ,सम्मान र प्रतिष्ठामा सुरक्षा थ्रेट आएको छ । आवश्यकीय कामको लागि बाहिर निस्कन समेत सुरक्षा चुनौतिका कारण समस्या भएकोले सो मुद्धा किनारा नलाग्दासम्म मलाई सुरक्षा व्यवस्था गराई दिनु यो निवेदन पेश गरेको छु । नेपाली नागरिकको हैसियतमा कानुनसम्म कुरा उठाउँदा जिउ ज्यान नै जोखिममा पार्न पर्दा मैले निकै दुख महसुस गरेको छु । मेरो जिउ ज्यानमा केही भएको खण्डमा त्यसको जिम्मेवारी रवि लामिछाने ,उनका समर्थक र शुभचिन्तकले नै लिन पर्ने कुरा पनि यसै निवेदन मार्फत जानकारी गराउन चाहन्छु । नेपाल सरकारका निकायले अनुसन्धान गरी रहेको विषयमा एउटा व्यक्तिलाई मुख्य टार्गेट गरी कानुन हातमा लिन खोज्नु नेपालको संविधान विरोधी गतिविधि हो भन्ने कुरामा म विश्वस्त छु । मैले पेश गरेको निवेदनका आधारमा तत्काल आवश्यक सुरक्षा व्यबस्था मिलाई दिनुहुन सम्मानित गृह मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु ।

निवेदक

युवराज सफल
सर्वोच्च नेता
समाजवादी केन्द्र नेपाल

 

Share News