सस्तो डिलमा एनआईबीएल एस क्यापिटलले लगानी गर्ने, आइपीओ जारी गर्ने बाटो खुल्दै

<p>काठमाडाैं । एनआईबिएल एस क्यापिटल र इकमर्स कम्पनी सस्तोडिलका लगानी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडे र सस्तोडिलको तर्फबाट संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत अमुन थापाले हस्ताक्षर गरेका छन् । यस लगानी सम्झाैताले सस्तोडिललाई नाफामुखी संस्था बन्न र सार्वजनिक निष्काशनमा जाने बाटो खोल्नेछ उनीहरुले बताइएकाे छ । [&hellip;]</p>

काठमाडाैं । एनआईबिएल एस क्यापिटल र इकमर्स कम्पनी सस्तोडिलका लगानी सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौतामा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडे र सस्तोडिलको तर्फबाट संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत अमुन थापाले हस्ताक्षर गरेका छन् ।

यस लगानी सम्झाैताले सस्तोडिललाई नाफामुखी संस्था बन्न र सार्वजनिक निष्काशनमा जाने बाटो खोल्नेछ उनीहरुले बताइएकाे छ ।

सम्झाैतापश्चात एनआईबिएल एसका प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडेले इकमर्शले मूलककाे अर्थतन्त्रमा परिवर्तन ल्याउन सक्छ भनेर सस्ताेडिलकाे १० वर्षकाे इतिहासले पुष्टि गरेकाे बताए । ‘ईकमर्स व्यवसायमा अग्रपंक्तीमा रहेको सस्तोडिलले विभिन्न बाधा अड्चनको बिच नेपालमा ईकमर्स व्यवसायलाई स्थापित गरको छ, उक्त कम्पनीले विभिन्न अन्तराष्ट्रिय ख्यातिप्राप्त संस्थाहरुसंग सम्झौता गरि अगाडि बढ्दा, सस्तोडिल प्ल्याटफर्ममा प्रोडक्टहरुको सूची र व्यापार बढ्ने कुरामा हामी विश्वस्त छौं,’ उनले भने ।

यस्तै, सस्तोडिलका संस्थापक तथा सीईओ अमुन थापाले एनआईबिएल एस क्यापिटलसँगकाे सहकार्यले सस्तोडिललाई निकै प्रतिस्पर्धी बनाउने बताए । ‘हाम्रा अन्य मुख्य लगानीकर्ताहरू डोल्मा इम्प्याक्ट फन्ड, रमेश कर्पोरेशन, आईसीटीसी समूह र आईएमई समूहसँगै अब एनआईबीएल एस समेतको सहकार्यमा सस्तोडिल नेपाल भित्र र विदेशमा समेत परिचित ब्रान्डको रुपमा स्थापित हुने लक्ष्यमा छौं,’ उनले भने ।

सस्तोडिलको प्ल्याटफर्महरुका १ करोड भन्दा बढी प्रयोगकर्ताहरूका साथै फिल्प कार्ट तथा मिन्त्रा जस्ता अर्न्तराष्ट्रिय ख्याति प्राप्त रणनीतिक साझेदारहरू रहेका छन् । साथै लाखौं ग्राहकहरू, सयौं ब्रान्डहरू र विक्रेताहरू समेत आवद्ध छन् ।

कम्पनीले युएनसिडिए सँगको सहकार्यमा नेपालभरका ३५०० अति साना र साना तथा मझौला उद्योगहरु लाई सुचना मैत्री बनाउन साझेदारी गरेको छ । कोभिड-१९ पछि, सस्तोडिलले नेपाल सरकारको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँग समेत सहकार्य गर्दै आएको छ

Share News