नवलपरासीमा अव्यवस्थित इन्टरनेटको तार काट्ने अभियान सुरु

<p>नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) रामग्राम नगरपालिकाको बजार क्षेत्रमा अव्यवस्थित रुपमा रहेका इन्टरनेटको तार काटिएको छ । यत्रतत्र छरिएका तारका कारण नगर क्षेत्रको सौन्दर्यमा असर परेको र दुर्घटनाको जोखिम बढेको भन्दै तार काटिएको नगरपालिकाले जनाएको छ । दिनभर नगर प्रहरीसहितको टोलीले सदरमुकाम परासी बजार क्षेत्रको विद्युत्को पोलमा लत्रिएका र आवश्यकताभन्दा बढी रहेका तार काटेको [&hellip;]</p>

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) रामग्राम नगरपालिकाको बजार क्षेत्रमा अव्यवस्थित रुपमा रहेका इन्टरनेटको तार काटिएको छ । यत्रतत्र छरिएका तारका कारण नगर क्षेत्रको सौन्दर्यमा असर परेको र दुर्घटनाको जोखिम बढेको भन्दै तार काटिएको नगरपालिकाले जनाएको छ ।

दिनभर नगर प्रहरीसहितको टोलीले सदरमुकाम परासी बजार क्षेत्रको विद्युत्को पोलमा लत्रिएका र आवश्यकताभन्दा बढी रहेका तार काटेको हो । इन्टरनेट सेवा प्रदायकलाई पटकपटक तार व्यवस्थापन गर्न आग्रह गरे पनि अटेरी गरेपछि बाध्य भएर तार काट्नु परेको रामग्राम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले बताए ।

‘कार्यपालिका बैठकमार्फत तार व्यवस्थापन गर्ने निर्णय कार्यान्वयन गरिएको हो’, खड्काले भनेयो, ‘सदरमुकाम परासीमा इन्टरनेट र केबल तारका कारण बजार क्षेत्रको सौन्दर्यमा असर परेको छ ।’ विद्युत् पोलको भुइँबाट टुप्पोसम्म तारले जेलिएको छ भने लत्रिएका तारले पैदल यात्रुलाई असर परेको छ । स्थानीयवासीले तार व्यवस्थापन गर्न नगरपालिकाको ध्यानआर्कषण गराउँदै आएका थिए । रासस

Share News