दशैंको मुखमा खाद्यसंकट, दुर्गमका डेढ दर्जन गाँउमा तीन महिनादेखि खाद्यान्न अभाव

काडमाडौं ९, असोज । चामल ढुवानी हुन नसकेपछि जिल्लाका दुर्गम डेढ दर्जन गाउँमा खाद्य संकट देखिएको छ । वर्षाका कारण तीन महिनादेखि सडक अवरुद्व हुँदा खाद्यान्न अभावले डुग्री, धागडा, नाउली, सेक्री, अना, दोलीचौर, जडा, सैनगाउँलगायत क्षेत्रमा भोकमरी लागेको छ ।usina_chamal

ढुवानी हुन नसकेपछि खाद्य संकट उत्पन्न भएको उपभोक्ता बताउँछन् । ‘घरमा अन्न नहुँदा दुई दिनदेखि भोकभोकै बस्नुपरेको छ,’ दौलीचौर घोगडा गाउँमा खड्क बोहराले भने, ‘किन्न खोज्दा पनि पाइँदैन् ।’

बर्खाका कारण सडक बिग्रिएर तीन महिनादेखि चामल ढुवानी हुन नसकेको उनले बताएको समाचार आइतबारको नागरिक दैनिकमा समाचार छापिएको छ ।

Share News