विन नेपाल लघुवित्तको एफपिओ बिक्री प्रबन्धकमा एसबिआई मर्चेण्ट

<p>काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाले एफपिओ निष्काशन गर्ने भएको छ । लघुवित्तले प्रति शेयर अंकित मूल्य एक सय रुपैया दरका ५१ हजार २९३ कित्ता साधारण शेयर प्रचलीत कानून बमोजिम अकिंत मुल्य मा प्रिमियम थप गरी थप सार्वजनिक निष्काशन गर्न लागेको हो । एफपिओ विक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त [&hellip;]</p>

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाले एफपिओ निष्काशन गर्ने भएको छ ।

लघुवित्तले प्रति शेयर अंकित मूल्य एक सय रुपैया दरका ५१ हजार २९३ कित्ता साधारण शेयर प्रचलीत कानून बमोजिम अकिंत मुल्य मा प्रिमियम थप गरी थप सार्वजनिक निष्काशन गर्न लागेको हो ।

एफपिओ विक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गको कार्यालय हात्तिसार, काठमाडौंमा आज आयोजित एक समारोहबिच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृती देव राज अधिकारी र विन नेपाल लघुवित्त वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत वसन्त बहादुर शाक्यले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।

नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नेपाल एसबिआई बैक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।

Share News