ऋणीको ट्याक्सी बेचेर रकम असुल गर्दै सहकारी

<p>काठमाडौं । सहकारी ऋण कोष बचत तथा ऋण सहकारी संस्थाले ऋण चुक्ता नगर्ने ऋणीको अटो बिक्री गरेर आफ्नो रकम असुल गर्ने भएको छ । संस्थाका ऋणी जिवन खड्काले हायर पर्चेज कर्जा शिर्षक अन्तर्गत कर्जा लिएर ऋण चुक्ता भुक्तानी नगरेकाले धितोमा राखिएको सवारी साधन बिक्री गर्ने भएको हो । खड्काले कर्जाको साँवा, ब्याज तथा हर्जाना रकम [&hellip;]</p>

काठमाडौं । सहकारी ऋण कोष बचत तथा ऋण सहकारी संस्थाले ऋण चुक्ता नगर्ने ऋणीको अटो बिक्री गरेर आफ्नो रकम असुल गर्ने भएको छ । संस्थाका ऋणी जिवन खड्काले हायर पर्चेज कर्जा शिर्षक अन्तर्गत कर्जा लिएर ऋण चुक्ता भुक्तानी नगरेकाले धितोमा राखिएको सवारी साधन बिक्री गर्ने भएको हो ।

खड्काले कर्जाको साँवा, ब्याज तथा हर्जाना रकम अबको १५ दिन अर्थात् पुस ५ गतेभित्र नबुझाएमा अल्टो ८००–एसटीडी बा २ ज ४३९८ मारुती ट्याक्सी बिक्री गरेर आफ्नो रकम असुल गर्ने संस्थाले जनाएको छ ।

उनले लिखित शर्त बमोजिम तोकिएको समय अवधिमा तिर्न, बुझाउनु पर्ने कर्जाको साँवा, व्याज तथा हर्जाना रकम समेत नतिरेको सहकारीले बताएको छ । पटक–पटक मौखिक तथा लिखित पत्र मार्फत ताकेता गर्दा समेत संस्थाको ऋण कर्जा चुक्ता भुक्तान गर्ने तर्फ कुनै चासो नदेखाएको सहकारीले जनाएको छ ।

Share News