काठममाडौं । स्वर्णलक्ष्मी बहुद्देश्यीय सहकारी संस्थाले आफ्नो नाममा रहेको गैह्र बैंकिङ्ग सम्पत्ति बिक्री गर्ने भएको छ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी (साविक स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था) को नाममा दर्ता रहेको जग्गा र गाडी बिक्री गर्ने भएको हो ।
संस्थाले आफ्नो नाममा रहेको सम्पत्ति जे जस्तो अवस्था र परिमाणमा छ सोही अवस्था र परिमाणमा गोप्य शिलबन्दी बोलपत्रद्वारा लिलाम बिक्रि गर्ने भएको हो । उक्त सम्पत्ति गोप्य शिलबन्दी बोलपत्र मार्फत खरीद गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी वा संगठीत संघ संस्थाले ७ दिन अर्थात् मंसिर २७ गतेभित्र आवेदन पेश गर्नुपर्नेछ ।
संस्थाले आफ्नो नाममा रहेको काठमाडौंको साविक सुन्टोल गा.वि.स. वडा नम्बर ८ मा रहेको कित्ता नम्बर १८७ को १-६-१-० क्षेत्रफल र कित्ता नम्बर ४१५ को १-१-२-० क्षेत्रफल भएको जग्गा बिक्री गर्ने भएको हो । यस्तै, संस्थाले आफ्नो नाममा रहेको ग्राण्ड आइटेन स्पोर्ट्स टाइटन २०१९ मा दर्ता भएको (प्रदेश ३-०१) ०२३ च ३३७९ को गाडी बिक्री गर्ने भएको हो ।