काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढेको छ अघिल्लो दिन प्रतितोला ९९ हजार ५०० मा कारोबार भएको सुन चार सय रुपैयाँले बढेर ९९ हजार ९०० तोकिएको छ ।
नेपाल सुनचाँदी व्यवसयी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ४०० रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९९ हजार रुपैयाँ थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपैयाँले बढेर एक हजार ३८५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।