दोलखा । दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका बालकृष्ण शिवाकोटीले अग्रता कायमै राखेका छन् । हालसम्म ४४ हजार नौ सय ४१ मतगणना हुँदा उनले १९ हजार सात सय ४४ मत प्राप्त गरेका छन् ।
उनका निकटतम् प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका गङ्गा कार्कीले १८ हजार तीन सय ८५ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए ।
दोलखा प्रदेशसभा(१ मा सत्ता गठबन्धनका उम्मेदवार अगाडि छन् भने प्रदेशसभा २ मा एमाले उम्मेदवार अगाडि छन् । प्रदेशसभा १ मा ३५ हजार आठ सय ९३ मतगणना गर्दा नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले २९ हजार चार सय ६३ मत प्राप्त गरेका छन् भने एमालेका नरबहादुर श्रेष्ठले १२ हजार आठ सय ८० मत प्राप्त गरेका छन्् ।
प्रदेशसभा २ मा ४२ हजार एक सय ५४ मतगणना हुँदा एमालेका भरत केसीले १९ हजार चार सय १४ मत ल्याएर अग्रता लिएका छन् भने कांग्रेसका बर्मा लामाले १७ हजार पाँच सय ९५ मतका साथ पछ्याइरहेका छन् ।
जिल्लामा समानुपातिकतर्फ ३४ हजार ११ मतगणना गर्दा एमालेले १२ हजार पाँच सय ७८, कांग्रेसले १० हजार नौ सय १७ र माओवादी केन्द्रले चार हजार चार सय ६६ मत पाएका छन् । दोलखामा कुल ८५ हजार तीन सय ८८ मत खसेको थियोे ।
जिल्लामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए । कुल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए भने १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए ।