
काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका मकवानपुर जिल्ला कार्यसमितिमा विवाद भएको छ । मकवानपुर जिल्लाका सभापति राजकुमार न्यौपानेमाथि कारबाहीको माग जिल्लाका कार्यसमितीका ४७ जना सदस्यले निवेदन बुझाएका छन् ।
उनीहरुले निर्वाचनको दौरानमा पार्टीको हित विपरीत कार्य गरेको भन्दै न्यौपानेलाई कारबाहीको माग गरेका छन् ।
जिल्ला सभापति न्यौपानेले निर्वाचनको अन्तिम समयमा समानुपातिक तर्फका उम्मेदवार नुर प्रसाद प्रजालाई विभिन्न प्रलोभनमा पारि नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बानियाँको घरमा बसेर बैठक गर्ने गरेको उनीहरुको आरोप छ ।
सभापतिबाट नै पार्टी प्रतिष्ठा बच्न नसकेको, आगामी दिनहरुमा पार्टी संगठन मजबुद हुन नसक्ने भन्दै उनीहरुले हस्ताक्षरसहित न्यौपानेलाई कारबाही गर्न माग गर्दै निवेदन दिएका हुन् ।
( सम्पादन गरिएकाे )