काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक जारी छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समीक्षा गर्ने उद्देश्यसहित बैठक बोलाइएको हो ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा सत्ता गठबन्धनमा आबद्ध दलहरूले मिलेर सरकार बनाएर जाने विषयमा छलफल भइरहेको बताइएको छ ।
माओवादी केन्द्रका नेताहरूले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नयाँ सरकार बनाएर जानुपर्ने धारणा राख्दै आएका छन् । प्रचण्डले नयाँ सत्ता समीकरणका लागि प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायत राजनीतिक दलका शीर्ष नेताहरूसँगको भेटवार्तालाई तीव्रता दिएका छन् ।