सानिमा बैंकको लाभांश प्राप्त गर्न आजसम्म सेयरधनी बन्नुपर्ने

<p>काठमाडौं । सानिमा बैंकले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज मंसिर १८ गते अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि मंसिर १९ गते एकदिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, मंसिर १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न [&hellip;]</p>

काठमाडौं । सानिमा बैंकले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज मंसिर १८ गते अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि मंसिर १९ गते एकदिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, मंसिर १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

बैंकले गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र ०.९८ प्रतिशत नगद गरी कूल १०.९८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न पौष ३ गते, आइतबार आम्रपाली बैक्ङ्क्वेट, बालुवाटार काठमाडौँमा बिहान ११ बजे १८ औँ वार्षिक साधारण सभा बोलाएको छ ।

Share News