चार महिनामा अस्पताल सञ्चालनका लागि ४४ वटा कम्पनी दर्ता, सबैभन्दा बढी मधेस प्रदेशमा

<p>काठमाडौं । साढे ४ महिनामा अस्पताल सञ्चालनका लागि ४४ वटा कम्पनी दर्ता भएका छन् । कम्पनी रजिष्टार कार्यालयका अनुसार चालु आर्थिक वर्षको साढे ४ महिनामा अस्पताल सञ्चालनका लागि ४४ वटा कम्पनी दर्ता भएका हुन् । चालु आर्थिक वर्षको ४ महिनामा मधेस प्रदेशमा धेरै अस्पताल मधेस प्रदेशसमा सञ्चालन गर्नेगरी कम्पनी दर्ता भएका छन् । कम्पनी कार्यालयले [&hellip;]</p>

काठमाडौं । साढे ४ महिनामा अस्पताल सञ्चालनका लागि ४४ वटा कम्पनी दर्ता भएका छन् । कम्पनी रजिष्टार कार्यालयका अनुसार चालु आर्थिक वर्षको साढे ४ महिनामा अस्पताल सञ्चालनका लागि ४४ वटा कम्पनी दर्ता भएका हुन् ।

चालु आर्थिक वर्षको ४ महिनामा मधेस प्रदेशमा धेरै अस्पताल मधेस प्रदेशसमा सञ्चालन गर्नेगरी कम्पनी दर्ता भएका छन् । कम्पनी कार्यालयले विकासन्युजलाई उपलब्ध गराएको तथ्यांकअनुसार मधेस प्रदेशमा अस्पताल सञ्चालनको लागि भनेर २७ वटा कम्पनी दर्ता भएका छन् ।

त्यस्तै, प्रदेश नम्बर १ मा अस्पताल सञ्चालनको लागि ५ वटा, बाग्मती प्रदेशमा ४ वटा, गण्डकी प्रदेशमा १ वटा, लुम्बिनी प्रदेशमा ४ वटा, कर्णाली प्रदेशमा १ वटा र शुदुरपश्चिम प्रदेशमा २ वटा अस्पताल सञ्चालनको लागि कम्पनी दर्ता भएका छन् ।

दर्ता भएका ४० मध्ये एउटा कम्पनी जनकपुरमा आयुर्वेदिक अस्पताल सञ्चालनको लागि दर्ता भएको छ । त्यस्तै, सिकलसेल बिरामीसँग सम्बन्धित रहेर दाङमा अस्पताल र अर्को जनकपुरमा सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्रको सञ्चालन गर्नको लागि दर्ता भएको छ । सिकलसेलको उपचार गर्नको अस्पताल निर्माण गर्न खोलिएका दुबै कम्पनी सामुदायिक प्रकृतिका रहेका छन् ।

आँखाको उपचारलाई गर्नको लागि अस्पताल सञ्चालन गर्न भनेर चालु आर्थिक वर्षको साढे ४ महिनामा आँखा अस्पताल सञ्चालनको लागि ४ वटा कम्पनी दर्ता भएका छन् । जसमध्ये सर्लाहीमा १, रौतहटमा १, मोरङमा १ र झापामा १ वटा आँखा अस्पताल सञ्चालन गर्नको लागि कम्पनी दर्ता भएका छन् ।

अस्पताल सञ्चालनको लागि दर्ता भएका ४० वटा कम्पनीहरुमध्ये ३ वटा कम्पनी मात्र सामुदायिक प्रकृतिका रहेका छन् भने बाँकी कम्पनी निजी स्वामित्वमा आधारित रहेका छन् ।

साढे चार महिनामा १०७ वटा क्लिनिक दर्ता

चालु आर्थिक वर्षको साढे ४ महिनामा १ सय ६ वटा क्लिनिक दर्ता भएका छन् । जसमध्ये सबैभन्दा धेरै क्लिनिक बाग्मती प्रदेशमा सञ्चालन गर्नको लागि दर्ता भएका छन् । पछिल्लो साढे ४ महिनामा बाग्मती प्रदेशमा सञ्चालन गर्नको लागि भनेर ५७ वटा क्लिनिक दर्ता भएका छन् । त्यसमध्ये, पनि अधिकांश क्लिनिक काठमाडौंमा सञ्चालन गर्नेगरी दर्ता भएका छन् ।

अस्पताल सम्बन्धी कम्पनी दर्ता जस्तै मधेसमा क्लिनिक सञ्चालनको लागि पनि ठूलो संख्यामा कम्पनी दर्ता भएको देखिन्छ । कम्पनी रजिस्टार कार्यालयले विकासन्युजलाई उपलब्ध गराएको तथ्यांकअनुसार १ नम्बर प्रदेशमा ८, मधेस प्रदेशमा २१, गण्डकी प्रदेशमा ४, लुम्बिनी प्रदेशमा १२, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा क्लिनिक सञ्चालन गर्नको लागि ३ वटा कम्पनी दर्ता भएका छन् ।

त्यस्तै चालु आर्थिक वर्षको साढे ४ महिनामा औषधी उद्योग, फार्मेसी, थेरापी सेन्टर, लगायत लगायत औषधि र उपचारसँग सम्बन्धित दर्जनौ कम्पनीहरु दर्ता भएको कम्पनी रजिष्टार कार्यालयको तथ्यांकले देखाएको छ । नेपालमा अहिलेसम्म औषधि उद्योग, फार्मेसी, क्लिनिक, अस्पताल, लगायत उपचारसँग सम्बन्धित संस्थाहरुको संख्या ५ हजार भन्दा बढी पुगेको देखिन्छ । तर, ती संस्थाहरुको ठूलो संख्या काठमाडौं उपत्यका र मुख्य सहरहरुमा मात्रै सिमित रहेको देखिन्छ ।

Share News