काठमाडौं । ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रत्नराज बज्राचार्यले विद्युत प्राधिकरणले तीन महिनामा कमाएको नाफा देखाउँदै व्यवसायीहरुलाई व्यंग्य गरेका छन् । उनले विद्युत प्राधिकरणले ३ महिनामा साढे ८ अर्ब रुपैयाँ नाफा आर्जन गर्दा पनि व्यवसायीहरुले महसुल घटाउन आन्दोलन नगरेको भन्दै व्यंग्य गरेका हुन् ।
‘बाफ रे, विद्युत् प्रधिकरणले ३ महिनामा साढे ८ अर्ब नाफा गरे, तैपनि ब्यवसायीहरु चुप ! महसुल घटाउ भनी आन्दोलन पनि छैन, गज्जब छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएपछि उद्योगी तथा व्यवसायीहरु आन्दोलित छन् । अर्थतन्त्र संकट अवस्थामा रहेका बेलामा पनि बैंकहरुले ब्याजदर बढाएर नाफा आर्जन गरेको भन्दै व्यवसायीहरुले आन्दोलन गरिरहेका छन् । तर, नेपाल विद्युत् प्राधिकरणले तीन महिनामा नै अर्बाै रुपैयाँ नाफा कमाउँदा चुप लागेर बसेको भन्दै व्यवसायीहरुलाई व्यंग्य गरेका हुन् ।