गरिमा विकास बैंकको एपबाट क्युआर स्क्यान गरी भुक्तानी गर्न सकिने

<p>काठमाडौं । गरिमा विकास बैंकको मोबाईल बैकिङ्गबाट अब नेपालपे क्युआर स्क्यान गरी भुक्तानी गर्न सकिने भएको छ । बैंकका ग्राहकहरुले गरिमा डिजिटल बटुवा एप को प्रयोग गरेर बिभिन्न मर्चेन्ट तथा पेमेन्ट गेटवेहरुमा रहेको नेपाल पे क्युआर स्क्यान गरी क्युआर मार्फत सजिलै भुक्तानी गर्न सक्नेछन् । साथै, बैंकले नेपाल पे क्युआरमा विभिन्न मर्चेन्टहरु आवद्ध गराउने कार्यको [&hellip;]</p>

काठमाडौं । गरिमा विकास बैंकको मोबाईल बैकिङ्गबाट अब नेपालपे क्युआर स्क्यान गरी भुक्तानी गर्न सकिने भएको छ ।

बैंकका ग्राहकहरुले गरिमा डिजिटल बटुवा एप को प्रयोग गरेर बिभिन्न मर्चेन्ट तथा पेमेन्ट गेटवेहरुमा रहेको नेपाल पे क्युआर स्क्यान गरी क्युआर मार्फत सजिलै भुक्तानी गर्न सक्नेछन् ।

साथै, बैंकले नेपाल पे क्युआरमा विभिन्न मर्चेन्टहरु आवद्ध गराउने कार्यको पनि थालनी गरेको छ ।

बैंकका व्यापारिक ग्राहकहरु मर्चेन्टको रुपमा आवद्ध भएर आफ्ना ग्राहकहरुबाट गरिमा डिजिटल बटुवा अथवा नेपालपे क्युआरमा आवद्ध अन्य मोबाईल बैङ्गिक एप वा वालेट एप मार्फत सिधै आफ्नो खातामा भुक्तानी प्राप्त गर्न सक्नेछन् ।

गरिमा विकास बैंकले नेपालभरी १२१ वटा शाखा कार्यालयहरु र ५१ एटिएम मार्फत सेवा प्रदान गरिरहेको छ।

Share News