पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकाे सम्पुर्ण बैंकिङ काराेबार नेपाल बैंकबाट हुने

<p>काठमाडौं । नेपाल बैंक र नेपाल नागरिक उड्ड्यन प्राधिकरण पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीच बैंकिङ कारोबार गर्ने सम्बन्धमा सम्झौता भएको छ । सो सम्झौता बमोजिम पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हुने सम्पुर्ण बैंकिङ कारोबार नेपाल बैंकमार्फत हुने भएको छ । उक्त सम्झौतामा बैंकका नायव प्रमूख कार्यकारी अधिकृत समता पन्त र प्राधिकरणका निर्देशक तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमूख विक्रमराज गौतमले [&hellip;]</p>

काठमाडौं । नेपाल बैंक र नेपाल नागरिक उड्ड्यन प्राधिकरण पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीच बैंकिङ कारोबार गर्ने सम्बन्धमा सम्झौता भएको छ । सो सम्झौता बमोजिम पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हुने सम्पुर्ण बैंकिङ कारोबार नेपाल बैंकमार्फत हुने भएको छ ।

उक्त सम्झौतामा बैंकका नायव प्रमूख कार्यकारी अधिकृत समता पन्त र प्राधिकरणका निर्देशक तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमूख विक्रमराज गौतमले हस्ताक्षर गरेका थिए ।

नेपालभर २२६ शाखाहरु, १९९ ए।टि।एम। साथै ५० एक्सटेन्सन काउन्टर मार्फत करिब २३ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याइरहेको छ ।

Share News