बैदेशिक रोजगार कल्याणकारी कोषले १२० करोड बैंकको मुद्धति निक्षेपमा लगानी गर्ने

<p>काठमाडौं । बैदेशिक रोजगार कल्याणकारी कोषले मुद्धति निक्षेप खातामा लगानी गर्ने भएको छ । कोषको विभिन्न बैंकको मुद्धति खातामा निक्षेप रहेको निक्षेप पुष १ र २ गते परिपक्व हुने रकम पुनः मुद्धति निक्षेपमा लगानी गर्ने जनाएको हो । कोषले १२० करोड रुपैयाँ एक वर्षको लागि मुद्धती खातामा पुनः लगानी गर्ने जनाएको छ । वाणिज्य बैंकहरुले [&hellip;]</p>

काठमाडौं । बैदेशिक रोजगार कल्याणकारी कोषले मुद्धति निक्षेप खातामा लगानी गर्ने भएको छ । कोषको विभिन्न बैंकको मुद्धति खातामा निक्षेप रहेको निक्षेप पुष १ र २ गते परिपक्व हुने रकम पुनः मुद्धति निक्षेपमा लगानी गर्ने जनाएको हो ।

कोषले १२० करोड रुपैयाँ एक वर्षको लागि मुद्धती खातामा पुनः लगानी गर्ने जनाएको छ । वाणिज्य बैंकहरुले आफूले लिन चाहेको रकम र प्रस्ताव गरिएको ब्याजदर खुलाएर दरभाउ पत्र पेश गर्न भनेको हो ।

मंसिर २३ गते भित्र कोषको सचिवालयमा सिलबन्दी दरभाउ पत्र प्रस्ताव पेश गर्न कोषले आग्रह गरेको हो । पेश भएका सिलबन्दी मंसिर २३ गते नै खोलिने जजाएको छ । ३० दिन भन्दा कम अवधि भएको दरभाउपत्र उपर कुनै कारवाही नहुने कोषले जनाएको छ ।

Share News