चितवनको भविश्यप्रति चिन्तित छु, मैले हस्तक्षेप गर्छु : विश्व पौडेल

<p>काठमाडौं । नेपाली कांग्रेसका नेता विश्व पौडेलले आफू चितवनको भविश्यप्रति चिन्तित रहेको बताएका छन् । उनले सामाजिक सञ्जाल मार्फत अब पूर्वी चितवनको विकास कसरी हुन्छ ? भन्नेमा आफू चिन्तित रहेको बताएका हुन् । साथै, पछिल्लो समय सामाजिक सञ्जालमा आएका हल्लामा सत्यता नरहेको पनि उनले स्पष्ट पारेका छन् । पौडेलले चुनावमा हारेसँगै  राजनीति छोडेको भन्दै आएका विभिन्न हल्लामा कुनै [&hellip;]</p>

काठमाडौं । नेपाली कांग्रेसका नेता विश्व पौडेलले आफू चितवनको भविश्यप्रति चिन्तित रहेको बताएका छन् । उनले सामाजिक सञ्जाल मार्फत अब पूर्वी चितवनको विकास कसरी हुन्छ ? भन्नेमा आफू चिन्तित रहेको बताएका हुन् ।

साथै, पछिल्लो समय सामाजिक सञ्जालमा आएका हल्लामा सत्यता नरहेको पनि उनले स्पष्ट पारेका छन् । पौडेलले चुनावमा हारेसँगै  राजनीति छोडेको भन्दै आएका विभिन्न हल्लामा कुनै पनि सत्यता नरहेको बताउँदै उनले राजनीतिमै रहिरहने बताएका छन् ।

‘सामाजिक संजालमा मैले राजनीति छोडेको भनेर आएको खबर सत्य हैन। पुर्व माननीय सुरेन्द्र पाण्डेजी प्रति मेरो धारणा मैले निर्वाचनमा अभिव्यक्त गरे अनुरुप नै छ र परिवर्तन भएको छैन, पुर्वि चितवनको बिकास अब कसरी हुन्छ भन्नेमा अन्य सर्वसाधारण जस्तै म पनि चिन्तित छु र त्यसमा आवश्यकता अनुरुप मैले हस्तक्षेप गर्ने नै छु,’ पौडेलले  सामाजिक सञ्जालमार्फत भने ।

Share News