काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो स्वामित्वमा रहेको गैर बैंकिङ्ग सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकले आफ्नो नाममा रहेको विभिन्न स्थानको सम्पत्ति (घर/जग्गा) जे जस्तो अवस्था र परिमाणमा छ सोही अवस्था र परिमाणमा गोप्य शिलबन्दी बोलपत्र मार्फत लिलाम बिक्री गर्ने भएको हो ।
खरिद गर्न इच्छुक व्यक्ति तथा संस्थाहरुले आफुले कबुल गरेको रकमको १० प्रतिशत रकम धरौटी राखेर सूचना प्रकाशित भएको मितिले १५ केन्द्रीय कार्यालय, लाजिम्पाट, काठमाण्डौंमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्न बैंकले आग्रह गरेको छ ।
बैंकले रुपन्देही, झापा, चितवन, मोरङ, कैलाली, गोरखा, महोत्तरी, सप्तरी, पाल्पा, धनकुटा, सिराहा, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रुपन्देही, धनुषा, तनहुँ र सल्यान लगायतका जिल्लाका विभिन्न स्थानमा रहेका जग्गा र उक्त जग्गामा निर्मित घर टहरा पनि बिक्री गर्ने जनाएको छ । रितपूर्वक पेश भएका बोलपत्रहरु १६ औं दिन अर्थात् पुस १ गते साढे १ बजे खोलिने छ ।