काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित हुने भएको छ । विमानस्थलमा जडान गरिएको उपकरण परीक्षणका क्रममा विमानस्थलमा क्लालिब्रेसन फ्लाइट हुँदा बिहीबारको उडान प्रभावित हुने भएको हो ।
विमानस्थल कार्यालयले बिहीबार बिहान ९ बजेदेखि नोटाम जारी गरेको गर्दै उडान प्रभावित हुने जनाएको छ । विमानस्थलका उपकरण परिक्षण गर्न थाई एयरले क्लालिब्रेसन फ्लाइट गर्न लागेको विमानस्थलका महाप्रवन्धक प्रेम ठाकुरले बताए । उनले उपकरण परीक्षण गर्न ६ घण्टाजतिसमय लाग्ने भन्दै उडान डिले हुने जानकारी गराए ।
उनले बिहान ९ बजेदेखि नै क्लालिब्रेसन उडान गर्ने तयारी गरिए पनि भिजिबिलिटी कम हुँदा क्यालिब्रेसन उडान सुचारु हुन सकेको छैन् ।
विमानस्थल कार्यालयले बिहान ९ बजेदेखि साँझ ५ बजेसम्मका लागि नोटाम जारी गरेको छ ।
क्लालिब्रेसनसँगै नियमित उडान बीचमा हुने ठाकुरले जानकारी दिए । बिहीबार अन्तर्राष्ट्रिय तर्फ ८० उडान तथा अवतरण र आन्तरिक तर्फ ३ सय उडान तालिका रहेको जनाईएको छ ।